ntc

समाचार

नर्सिङ सम्बन्धनमा चलखेल, आयोगको अधिकार मिच्दै मन्त्रालयको पत्र

असोज ५,काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ८ वर्षदेखि सम्बन्धन लिन निवेदन दिएका २० नर्सिङ र बाँकी अन्य विषयका गरी २८ निजी कलेजलाई सम्बन्धन दिने तयारी गरेका छन् । मन्त्री पोखरेलले चिकित्सा शिक्षा आयोगको कार्यक्षेत्र मिचेर ती कलेजलाई सम्बन्धन दिने तयारी  गरेका हुन्। आयोगले पूर्णता पाएपछि तत्काल सम्बन्धन दिन कठिन हुने देखिएपछि मन्त्री पोखरेलले अधिकांश मापदण्ड पूरा नगरेका कलेजलाई सम्बन्धन दिन लागेका हुन्। विसं २०६९ सालदेखि सम्बन्धनको प्रक्रियामा रहेका [विस्तृतमा...]

४८ घण्टाभित्र धार्मिक अभियन्ताहरु रिहाई नगरे देश ठप्प पार्ने चेतावनी

असोज ४,काठमाडौं। विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले ४८ घण्टाभित्र धार्मिक अभियन्ताहरुलाई रिहाई नगरे देशव्यापी रुपमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । त्यस्तै, समितिले संविधान दिवसको अवसरमा हिजो (शुक्रबार) मा पशुपतिनाथ मन्दिर परिसरभित्र बम राखिएको घट्नाप्रतिपनि भत्र्सना गरेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले ईन्द्रजात्राको अवसरमा शान्तिपूर्ण रुपमा विरोध गर्दा धार्मिक अभियन्ताहरुलाई जबरजस्ती पक्राउ गरेर हिरासतमा राखिएकोमा विरोध [विस्तृतमा...]

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

असोज ४,काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षलाई हेपेको भन्दै सरकारप्रति आक्रोश पोखेका छन् । गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा देउवाले सरकारविरुद्ध कडा आक्रोश पोख्दा राष्ट्रपति भण्डारीले आफूले नबुझेको भन्दै व्यंग्यपूर्ण प्रतिक्रिया दिएकी थिइन् । ‘ यो मञ्चमा वक्ताले बोलेको केही नबुझिने रहेछ, नेताहरूले जोसले बोल्नुभयो, ताली पनि बज्यो, के बोल्नुभयो भन्ने बुझिएन। कान [विस्तृतमा...]

आज संविधान दिवस

असोज ३,काठमाडौँ। संविधानसभाबाट संविधान जारी भएको आज ४ वर्ष पूरा भएको छ। संविधान जारी भएको अवसरमा आज विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा शुक्रबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संवैधानिक निकायका प्रमुखलगायतलाई आमन्त्रण गरिएको छ। समारोहमा पुष्पवृष्टि, नेपाली सेना, [विस्तृतमा...]

विदेशीसँग ‘अनमेल’ बिहे, अस्वाभाविक उमेर अन्तर

असोज ३,काठमाडौँ। पछिल्लो समय विदेशीसँग बिहे गर्ने नेपालीको संख्या बढ्दै गएको छ । त्यसमा पनि धेरै उमेर अन्तरमा विवाह गर्ने अधिक छन् । पछिल्लो तीन महिनामा मात्रै २० वर्षभन्दा बढी अन्तरमा विदेशसीसँग झण्डै एक दर्जन विवाह भएको छ। त्यसरी बिहे गर्नेमा महिला बढी छन् । ५० वर्षमाथिका मात्रै १५ जनाले काठमाडौं जिल्ला अदालतमा विवाह गरेका छन् । अस्वाभाविक उमेर अन्तरः –२६ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग –२४ वर्षे युवतीको ५२ वर्षीय कोरियालीसँग –३२ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग –३१ वर्षे [विस्तृतमा...]

दुई तिहाइको सरकार किन यति कमजोर ?

असोज २,काठमाडौँ। योजना बनाउने र जनतालाई सपना देखाउने काममा दुई तिहाइको वर्तमान सरकारले नाम कमाए पनि पछिल्लो डेढ वर्षको उपलब्धिले उसलाई कमजोर सावित गरेको छ। ‘राजनीतिक र प्रशासनिक दुवै क्षेत्रमा कमजोरी देखियो, सुशासन कायम गर्न नसकिएसम्म कमजोरीका विभिन्न पक्षको निरन्तरतामा क्रम भंग हुँदैन’, संविधानविद् काशीराज दाहालको टिप्पणी छ– ‘हामीले संविधान त नयाँ बनायौं तर हाम्रो मानसिकता पुरानै रह्यो।’ यस्तै समीक्षा नागरिक समाजका अगुवा सुबोधराज प्याकुरेलको पनि छ– ‘संविधानले नागरिक [विस्तृतमा...]

किन गरेनन् प्रधानमन्त्रीले अद्यावधिक गरिएको सम्पत्ति विवरण सार्वजनिक ?

असोज २,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलगायत २५ जना मन्त्रीहरूले आर्थिक वर्ष २०७५/७६ को अद्यावधिक गरिएको सम्पति विवरण सार्वजनिक गरेका छैनन्। आफ्नो सम्पत्ति विवरण समयमा नै सार्वजनिक गर्ने परम्पराविपरीत प्रधानमन्त्री तथा मन्त्रीहरूले अद्यावधिक गरिएको सम्पत्ति विवरण सार्वजनिक नगरेपछि उनीहरूको पारदर्शितामाथि नै प्रश्न चिह्न सिर्जना भएको छ। प्रधानमन्त्री र मन्त्रीले सार्वजनिक पदमा बहाल रहँदा वार्षिक रूपमा सम्पत्ति विवरण अधावधिक गरी सार्वजनिक गर्ने परम्परा रहे पनि आर्थिक [विस्तृतमा...]

आज विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै

असोज १,काठमाडौँ। आज विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदै छन् । आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरीन्छ । मजदुरहरुलाइ आजका दिन बिदा पनि दिने चलन छ। आजका दिन आफनो फलामे औजारको पूजा गर्नाले लामो समय सम्म टिक्ने जनबिश्वास छ ।द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ। एकै रातमा समुद्रका बीचमा ‘भेद [विस्तृतमा...]

राहदानी विधेयकमा राष्ट्रपतिको चासो सम्बोधन भएन

असोज १,काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले कूटनीतिक राहदानीको प्रयोगका सन्दर्भमा देखाएको चासो सम्बोधन नगरी राष्ट्रियसभाले सोमबार राहदानी विधेयक पारित गरेको छ। राष्ट्रपतिले यसअघि विधेयकका प्रावधानले ‘राहदानी जारी गर्ने तथा प्रयोग गर्ने’ विषयमा अस्पष्टता र द्विविधा सिर्जना हुने सम्भावना देखाउँदै प्रमाणीकरण नगरिकन फिर्ता गरेकी थिइन् । सरकारीबाहेकका काममा विदेश भ्रमणमा जाँदा पनि कूटनीतिक राहदानी पाउन सक्ने र त्यसको प्रयोग गर्न सक्ने गरी प्रतिनिधिसभाबाट विधेयकमा गरिएको [विस्तृतमा...]

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत सैनिकको भत्ता बढ्यो

असोज १,काठमाडौँ। नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत सैनिकको भत्ता बढाएको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा मंगलबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समिति बैठकले सैनिकको मासिक पारिश्रमिक भत्ता ९ देखि ८५ अमेरिकी डलरसम्म बढाएको छ। तल्लो तहका सैनिकको अधिकतम ८५ बढ्दा अधिकृत तहका शान्ति सैनिकको ९ डलरसम्म बढेको छ। शान्ति मिसनमा सहभागी फैजका सबै दर्जाको मासिक भत्ता समान २२ प्रतिशत रकम सैनिक कल्याणकारी कोषमा कट्टा हुने गरी भत्ता [विस्तृतमा...]
1 2 3 4 484
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।