ntc

मनोरञ्जन

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

साउन ३२काठमाडौं। वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी थिइन् । थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गरेकी अधिकारीको शनिबार निधन भएको हो । उनले पाँच वर्षको उमेरमै सरस्वती सदन ९क्याम्पस० मा शास्त्रीय नृत्य गरेकी थिइन् । ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ ९काँचो माटो० बाट उनको अभिनय यात्रा सुरु भएको थियो । उनका श्रीमान् नाट्य कलाकार कृष्ण अधिकारीको यसअघि नै निधन भइसकेको छ [विस्तृतमा...]

‘जाइरा’को आइटम गीत रिलीज (भिडियो)

साउन १०,काठमाडौं। भाद्र ६ गते रिलीज हुने नेपाली चलचित्र ‘जाइरा’को आइटम गीत रिलीज भएको छ। शुक्रबार इन्टरनेटमा रिलीज ‘यो मात चढेको साँझ’ बोलको गीतमा मीना निरौलाको स्वर रहेको छ । यो गीत पुरानो चलचित्र ‘मनको बाँध’मा रहेको गीतको रिमेक हो। उक्त चलचित्रमा रहेको गीतमा मिरा राणाको स्वर रहेको थियो । यस गीतमा बरिष्ठ गीतकार किरण खरेलले शब्द दिनुभएको छ भने शिव शंकरको संगीत रहेको छ। ‘जाइरा’को लागि रिमेक गरिएको गीतमा फिरोज बज्राचार्य र डिजे राजुले रि‍एरेञ्ज गरेका छन्। शाहि नेपाल चलचित्र [विस्तृतमा...]

छवि ओझा बिरुद्ध शिल्पा पोखरेलको उजुरी

असार २५,काठमाडौं। नायिका शिल्पा पोखरेलले श्रीमान निर्माता छबी ओझाबाटै असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन्। चलचित्र निर्माता छबी ओझा र नायिका शिल्पा पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो । पोखरेलले श्रीमानबाट असुरक्षित भएकाले भन्दै शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले बताए । छलफलका लागि उनीहरूलाई आज बुधबार दिउँसो प्रहरी परिसर बोलाएको छ [विस्तृतमा...]

आईफा अवार्ड स्थगन् गर्नु गलत, नेपाल–भारत सम्बन्ध बिग्रिन्छ: डा.दिक्षित

असार १८काठमाडौं। नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले आईफा अवार्ड कार्यक्रम स्थगन् गरेकोमा आक्रोश पोख्दै नेपाल सरकार दोषी भएको र नेपालीहरु पनि दोषी भएको प्रतिक्रिया दिए। उनले आईफा अवार्ड स्थगन गर्दा विस्तारै सुध्रन लागेको नेपाल–भारत सम्बन्ध पनि बिग्रने ठोकुवा गरे । दिक्षितले भारतसँग नेपालको महत्वपूर्ण सम्बन्ध रहेको सुनाए। तर, आईफा अवार्डबारे सुरुवातदेखि नै विरोध हुनु र यो विषय मन्त्रिपरिषद हुँदै संसदसम्म पुग्नु गलत भएको टिप्पणी गरे । उनले भने,‘आईफा अवार्ड नगर्न संसदीय [विस्तृतमा...]

आइफा अवार्ड विवादः पर्यटन बोर्ड भन्छ, पैसा दिने निर्णय भएको छैन

असार १६,काठमाडौं। इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड वितरण कार्यक्रम काठमाडौँमा गर्न नेपालले पैसा दिने भन्ने समाचारप्रति आफ्नो ध्यानार्कषण भएको जनाउँदै नेपाल पर्यटन बोर्डले अहिलेसम्म पैसा दिने सम्झौता नभएको स्पष्ट पारेको छ। तर यस्ता कार्यक्रम गर्दा आर्थिक सहयोग नगरी पनि नहुने आशयसमेत बोर्डको छ। एक सातायता नेपालका विभिन्न समाचार माध्यममा आइफा अवार्डका लागि नेपाल सरकारले एक अर्ब लगानी गर्न लागेको समाचार प्रकाशित भइरहेका छन्। बोर्डले नेपलमा आइफा आवर्ड आयोजनाका लागि [विस्तृतमा...]

‘जाइरा’को गीत सार्वजनिक: नम्रताको बयान गरेर नथाक्ने अनुप

असार १३,काठमाडौं। आउँदो भाद्र ६ गतेबाट मुलुकभर प्रदर्शनमा आउन लागेको एक्सन-लभस्टोरी जनरामा निर्मित फिल्म‘जाइरा’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘आँखैले बोल्छ’ बोलको गीतमा सन्तोष लामाको गायन छ । कल्याण सिंहको संगीत र रवि मल्लको शब्द छ । गीतको भिडियोमा फिल्मका लिड कलाकार नम्रता श्रेष्ठ र अनुपविक्रम शाही फिचर्ड छन् । बिहीबार राजधानीको ठमेलमा रहेको लड क्लबमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको गीतमा नम्रता र अनुपले स्टेजमा नृत्य समेत प्रस्तुत गरेका थिए । कोरियोग्राफर गोविन्द [विस्तृतमा...]

‘सानो मन’ रिलीज मिति एक हप्ता पछि सर्‍यो

असार ११,काठमाडौं। काठमाण्डौ। अब नेपाली चलचित्र ‘सानो मन’ असार २७ गते रिलीज हुने भएको छ। यसअघि असार २० गते रिलीज हुने भनिएको थियो। प्राविधिक पाटोमा काम गर्न समय अपुग भएकोले रिलीज मिति सारिएको निर्माण पक्षले जनाएको छ। ‘हतारमा नराम्रो चलचित्र रिलीज गर्नुभन्दा प्राविधिक सुधार गरी एक हप्ता ढिलो आउन लागेका हौँ’, निर्माता राजेन्द्र मानन्धरले बताए । सुयोग गुरुङको डेब्यू निर्देशनमा निर्माण भएको यस चलचित्रमा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर [विस्तृतमा...]

भदौ ६ मा चलचित्र ‘द डार्क एण्ड लाइट’

असार ११,काठमाडौं। खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘द डार्क एण्ड लाइट’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। मंगलबार पोखरामा चलचित्रको ‘राधा कृष्ण‘ु गीतको छायांकनसंगै चलचित्रको सम्पूर्ण छायांकन सम्पन्न भएको घोषणा गरिएको हो। चलचित्रको उक्त प्रमोशनल गीतमा अभिनेत्री मरिष्का पोखरेलले आकर्षक नृत्य गरेकी छिन् । राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत निर्देशनको उक्त गीतमा डेविड शंकर तथा सरस्वती भुजेलको पाश्र्व गायन छ। चलचित्रको छायांकन सम्पन्न भए [विस्तृतमा...]

‘फिल्म रिभ्यूका कारण होईन,अपशब्द र रंगभेदी टिप्पणी गरेकाले हामी प्रहरीमा जान बाध्य भएका हौं’: निर्देशक चाम्स

जेठ २९,काठमाडौं। चलचित्र वीर विक्रम–२ समिक्षा गरेकै कारण युट्युवर प्रनेश गौतमलाई प्रहरी हिरासतमा राखेको भन्ने आरोपको खण्डन गर्दै चलचित्र निर्देशक मिलन चाम्सले आफ्नो ध्यानाकर्षण भएको बताएका छन। बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै चाम्सले यस्तो बताएका हुन् । निर्देशक चाम्सले ‘फिल्म रिभ्यू’ गरेका कारण नभई मानहानी, रंगभेदी टिप्पणी र गालीबेईज्जतीका कारण गौतमविरुद्ध प्रहरीकहाँ गएको स्पष्टीकरण दिए। उनले भने,‘फिल्म रिभ्यूका कारण नभएर मानीहानी गरेको, पटक–पटक अपशब्द [विस्तृतमा...]

भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मारुनी’को फस्टलुक सार्वजनिक

जेठ २०,काठमाडौं। नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह करिब एक बर्षपछि ‘मारुनी’ चलचित्रमा देखिदैछिन्। गतबर्षको असोजमा उनी अभिनित चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ रिलिज भएको थियो। भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मारुनी’को फस्टलुक सार्वजनिक गरिएको छ। पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका छन् । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री चलचित्रका सह–निर्माता हुन्। चलचित्रको फस्टलुकमा मुख्य कलाकारहरु नायिका [विस्तृतमा...]
1 2 3 84
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।