ntc

खेलकुद

दक्षिण कोरियाले हात पार्यो ऐतिहासिक जित, जर्मनी विश्वकपबाटै बाहिरियो

असार १३,काठमाडौं। साविक विजेता जर्मनी समूह चरणबाटै बाहिरिदा दक्षिण कोरियाले ऐतिहासिक जित हात पारेको छ। मंगलबार राति भएको समूह चरणको अन्तिम खेलमा कोरियाले जर्मनीलाई २-० हराएको हो । दुबै गोल इन्जुरी टाइममा भएको थियो।अर्को खेलमा स्वीडेनले मेक्सिकोविरुद्ध तीन गोल गरेका कारण जर्मनी दबावमा आएको थियो। त्यही बेला किम युङ गोनले गोल गरे। सहायक रेफ्रीले यो गोललाई अफसाइड दिएका थिए। तर, भीएआर रिभ्यूबाट गोल दिइयो। झन दबावमा आएको जर्मनीका गोलकिपर निकै अगाडि बढेर खेलेको मौकामा अन्तिम मिनेटमा सन [विस्तृतमा...]

मेक्सिकोविरुद्ध स्विडेनको दुई गोल

असार १३,काठमाडौं। विश्वकप अन्तर्गत समूहगत चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा स्वीडेन र मेक्सिको विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ। बुधबार भएको समूह एफको खेलमा मेक्सिकोलाई ३-० ले हराउँदै स्वीडेन समूह विजेता हुँदै नकआउट चरणमा पुगेको हो। पराजित भए पनि यसअघिका २ खेल जितेको मेक्सिको उपविजेता हुँदै अन्तिम १६ मा पुगेको हो। पहिलो हाफ बराबरीमा रोकिएको खेलमा स्वीडेनका लुडविग अगुस्टिन्सनले ५० औं मिनेटमा पहिलो गोल गरे। त्यसपछि ६२ औं मिनेटमा एन्ड्रेस ग्रानभिस्टले गोल गरे। त्यसपछि ७४ [विस्तृतमा...]

आयोजक रसियालाई हराउँदै उरुग्वे बन्यो समूह विजेता

असार ११,काठमाडौं। विश्वकपमा आयोजक रसियालाई हराउँदै उरुग्वे समूह विजेता बनेको छ। सोमबार भएको खेलमा रसियालाई ३-० ले हराउँदै उरुग्वे समूह एको विजेता बनेको हो। दुबै टोली यो खेल अघि नै नकआउट चरणमा पुगिसकेका थिए। खेलमा उरुग्वेले १० औं मिनेटमा लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो २३ औं डेनिस चेरसेवले आत्मघाती गोल गरेपछि उसको अग्रता दोब्बर भयो। डिएगो लक्सल्टको प्रहार उनको खुट्टामा लागेर गोलमा परीणत भएको थियो। ३६ औं मिनेटमा घरेलु टोलीलाई अर्को झड्का लाग्यो। उसका डिफेन्डर इगर मोलनिकोवले [विस्तृतमा...]

जापान र सेनेगल २-२ को बराबरीमा

असार १०,काठमाडौं। विश्वकप फुटबलमा सेनेगल र जापान समूह चरणको अन्तिम खेलमा २-२ को बराबरी खेलेका छन्। खेलको ११ औ मिनेटमा सेनेगलका साडियो मानेले जापानविरुद्ध पहिलो गोल गरे भने जापानका लागि ताकासी इनुले खेलको ३४औ मिनेटमा सेनेगलविरुद्ध गोल फर्काए। हाफटाइमपछि सेनेगलका मौसा वेगले दोस्रो गोल गरे भने ७८ औँ मिनेटमा जापानका केइसुके होन्डाले दोस्रो गोल गरेर खेललाई २-२ को बराबरीमा पुर्‍याएका थिए। यो खेलमा बराबरी गरेसँगै समूह एचमा जापान र सेनेगल ४-४ प्वइन्टसहित समूहको अग्रस्थानमा [विस्तृतमा...]

विश्वकपमा इंग्ल्याण्डको कीर्तिमानी जित

असार १०,काठमाडौं। विश्वकप फुटबलको समूह ‘जी’ अन्तर्गतको खेलमा इंग्ल्याण्डले पानामाविरुद्ध कीर्तिमानी जित हात पारेको छ। ६-१ ले हराएर जारी विश्वकपकै फराकिलो अन्तरको जितमा रसियासँग बराबरी गरेको इंग्ल्याण्डले आफ्नो विश्वकप इतिहासकै धेरै गोलको कीर्तिमान पनि बनायो। सन् १९८६ मा पाराग्वे र पोल्याण्डलाई साथै सन् २००२ मा डेनमार्कलाई ३-० ले हराएपछि यो नै इंग्ल्याण्डको ठूलो अन्तरको जित हो। इंग्ल्याण्डका लागि कप्तान हृयारी केनले ६३ औँ मिनेटमा मैदान बाहिरिनु अघि हृयाट्रिक पूरा गरे । खेलको २२ [विस्तृतमा...]

मेक्सिकोको दोस्रो जित, दक्षिण कोरिया फेरि हार्यो

असार ९,काठमाडौं। रुसमा जारी विश्वकप फुटबलमा लगातार दोस्रो जित निकाल्दै मेक्सिकोले अन्तिम १६ को यात्रा लगभग पक्का गरेको छ। समूह एफ मा रहेको मेक्सिकोले एसियाली देश दक्षिण कोरियालाई २(१ ले हराउँदै अघिल्लो चरणको यात्रा तय गर्ने पक्का गरेको हो ।शनिबार बेलुका भएको समूह चरणको दोस्रो खेलमा मेक्सिकोले दोस्रो जित दर्ता गरेको हो । दक्षिण कोरियाका खेलाडीले ह्याण्ड बल गरेपछि मेक्सिकोले पेनाल्टी पायो। २६ औँ मिनेटमा कार्लोस भेलाले पेनाल्टीमा गोल गर्दै मेक्सिकोलाई सुरुवाति अग्रता दिलाए। [विस्तृतमा...]

मैदानमा धुरुधुरु किन रोए नेइमार ?

असार ८,काठमाडौं। विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको विश्वकप दाबेदार मानिएको ब्राजिलले शुक्रबार कोस्टारिकालाई खेलको अतिरिक्त समयमा गोल गरेर जित्यो। ९० मिनेटको खेल सकिन केही मिनेट मात्र बाँकी रहेको बेला पाएको पेनाल्टी समेत भीएआर रिभ्यूमा खोसिएपछि ब्राजिलियन टिम निकै दबावमा थियो। तर, ९१ औं मिनेटमा कोउटिन्होले गोल गरे। अतिरिक्त समयको अन्तिम मिनेटमा नेइमारले गोल गर्दै जित सुनिश्चित गरे। खेलभर आक्रामक देखिएको ब्राजिलले ९० मिनेटसम्म गोल गर्न नसक्दा खेलाडीहरु [विस्तृतमा...]

इन्जुरी समयमा ब्राजिलको भाग्य, ब्राजिलको पहिलो जित

असार ८,काठमाडौं। विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको विश्वकप दाबेदार मानिएको ब्राजिलले शुक्रबार कोस्टारिकालाई खेलको अतिरिक्त समयमा गोल हानेर जितेको छ। ब्राजिलका लागि ९१ औं मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले गोल गरेका हु्न्। कोस्टारिका स्वीट्जरल्याण्डले जस्तै ब्राजिललाई रोक्ने रणनीतिमा थियो जसमा अन्तिम समयमा गोल खाएपछि विफल हुन पुग्यो। ब्राजिलले प्रहार गरेका २० सटमा ९ सट पोस्टको दिशामा थिए। अन्तिम सयमसम्म कोस्टारिकाका गोलकिपर केलर नभासले [विस्तृतमा...]

अस्ट्रेलिय र डेनमार्क बराबरी

असार ७,काठमाडौं। विश्वकपअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा अस्ट्रेलियले डेनमार्कसँग १-१ गोलको बराबरी गरेको छ। समूह ‘सी’ अन्तर्गत यस खेलमा दबाबपुर्ण प्रदर्शन गरेपनि अस्ट्रेलियाले जित हात पार्न सकेन। क्रिस्टियन एरिक्सनले सातौं मिनेटमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। निकोलाई जर्गेन्सनको क्रसमा एरिक्सनले गोल गरेका थिए। तर अस्ट्रेलिया पेनाल्टी गोलमा खेलमा फर्कियो। डेनमार्कका खेलाडीले डिबक्सभित्र ह्यान्ड गरेपछि अस्ट्रेलियाले ३८‍ औं मिनेटमा पेनाल्टी पाएको थियो। [विस्तृतमा...]

मेसीलाई फेरि अर्को अवसर

असार ७,काठमाडौं। आईसल्यान्डविरुद्ध पेनाल्टीलाई गोल गर्न नसकेको पीडा, त्यसमाथि बराबरीको नतिजा। विश्वकप समुह डी को खेलमा अर्जेन्टिनाले विहीबार क्रोएसियाको सामना गर्दा उत्कृष्ट फरवार्ड तथा कप्तान लियोनल मेसीसामु फेरि एकपल्ट अर्को अवसर प्राप्त हुनेछ, सच्चिने। क्रोएसिया त्यति सजिलो प्रतिद्धन्द्धी पनि हुने छैन। आफ्नो पहिलो खेलमा नाईजेरियालाई २-० ले हराएर उत्साही क्रोएसियाको उदेश्य हुनेछ, मेसीलाई निराश पार्ने। मेसीले भने वार्सिलोनाका लागि क्लव फुटबलमा जत्तिकै राम्रो खेले पनि [विस्तृतमा...]
1 2 3 4 5 19
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।