ntc

खेलकुद

नेपालको शानदार जित

भदौ २१,काठमाडौं। बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ-साफ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ४-० गोलले हराएको छ। ७० मिनेटपछि १० खेलाडिमा सिमित भुटानविरुद्ध प्राप्त यो जितपछि नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग २(१ गोलले पराजित भएको थियो।नेपालले तेस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग खेल्ने छ। नेपालको जितमा भरत खवास, सुनिल बल, निराजन खड्का र अनन्त तामाङले गोल गरे। निराजन र भरत दोस्रो हाफमा मैदान [विस्तृतमा...]

लेनिनलाई विमानस्थलमा किन रोकियो ?,२४ घण्टाभित्रै लिखित जवाफ मागेको छु: प्रधानमन्त्री

भदौ ११,काठमाडौं। बैंककमा हुने एक कार्यक्रममा सहभागी हुन जान लागेका तत्कालीन माओवादी द्वन्द्वमा सहभागी भएका पूर्व बालसैनिक लेनिन विष्टलाई थाइल्याण्ड उड्ने क्रममा केही दिनअघि विमानस्थलबाट फर्काइएको घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रालयसँग लिखित जवाफ मागेका छन्। ‘लेनिन विष्टलाई विमानस्थलबाट जसरी फिर्ता गरियो त्यो अलि अति मानवअधिकार हनन भयो’, प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा सम्पादकहरूसँगको छलफलमा भने, ‘कसले, कसरी आदेश दिएर फर्काइएको हो, २४ घण्टाभित्रै लिखित [विस्तृतमा...]

फ्रान्सले क्रोएसियालाई हराउँदै २० वर्षपछि फेरि विश्वविजेता

असार ३१,काठमाडौं। फ्रान्सले विश्वकप फुटबलको उपाधि जितेको छ। क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको हो। आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४-२ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो। खेलमा फ्रान्सले १८औ मिनेटमा आत्मघााती गोलमार्फत अग्रता लिएको थियो। कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो मान्जुकिजले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए। त्यसपछि क्रोएसियाले २८ औं मिनेटमै गोल फर्काएर खेल बराबरीमा [विस्तृतमा...]

विश्वकप फुटबलमा इंग्ल्याण्डलाई हराउँदै बेल्जियम बन्यो तेस्रो

असार ३०,काठमाडौं। विश्वकप फुटबलमा इंग्ल्याण्डलाई हराउँदै बेल्जियम तेस्रो बनेको छ। शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो। सेन्ट पिटर्सबर्गमा भएको खेलमा बेल्जियमले चौथो मिनेटमा नै थोमस मुनिरको गोलबाट अगता लिएको थियो। प्रभावशाली प्रदर्शन गरेका इडेन हर्जाडले निर्धारित समयको खेल सकिन ७ मिनेट बाँकी छँदा गोल गर्दै जित सुनिश्चित गरे। विश्वकपमा बेल्जियमको यो सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । तर, गोल्डेन जेनेरेसन भनिएको यो टोलीलार्इ उपाधिको दाबेदारका [विस्तृतमा...]

कोलम्बियालाई ४-३ ले हराउँदै इ‌ंग्ल्याण्ड क्वार्टरफाइनलमा

असार २०, काठमाडौं। विश्वकप फुटबलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै इ‌ंग्ल्याण्ड क्वार्टरफाइनलमा पुगेको छ। खेलमा इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले कोलम्बियाका खेलाडी कार्लोस बाकाको प्रहार बचाएका थिए भने मेटस उरिबेको प्रहार पोलमा ठोक्किएको थियो । इ‌ंग्ल्याण्डका जोर्डन हेण्डरसनको प्रहार भने कोलम्बियाका गोलकिपर डेविड ओस्पिनाले बचाएका थिए। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । खेलमा अग्रता भने ५७ औं मिनेटमा इंग्ल्याण्डले [विस्तृतमा...]

मेक्सिकोलाई पराजित गर्दै ब्राजिल क्वार्टरफाइनलमा

असार १८,काठमाडौं। मेक्सिकोलाई पराजित गर्दै ब्राजिल विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा ब्राजिलले मेक्सिकोलाई २-० गोल अन्तरले हराएको हो। मेक्सिको त्यही टिम हो, जसले विश्वकपको आफ्नो पहिलो खेलमा नै साविकको विजेता जर्मनीलाई हराएको थियो। पहिलो हाफमा मेक्सिकोले ब्राजिललाई दबाव दिएको थियो। साथै गोल गर्ने केही मौका समेत पाएको थियो। तर, दोस्रो हाफमा ब्राजिल हाबी भयो। ५१ औं मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। निर्धारित समयको खेल सकिन २ मिनेट [विस्तृतमा...]

स्पेनलाई हराउँदै रुस क्वाटरफाइनलमा

असार १७, काठमाडौं। आयोजक रुस विश्वकप फुटबलको क्वाटरफाइनल पुगेको छ। पुर्व विजेता स्पेनलाई रसियाले टाइब्रेकरमा हराएको छ र पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। निर्धारित र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। घरेलु टोली रसियाले चाहेको पनि त्यही थियो किनकी पेनाल्टी सुटआउटमा एकिनफिवमाथि विश्वास थियो, जुन सही सावित भयो। एकिनफिवले कोकोसँगै आसपासको पेनाल्टी रोक्दै रसियालाई ४-३ को जित दिलाएका छन्। निर्धारित ९० मिनेटमा दुबै पक्षबाट [विस्तृतमा...]

अर्जेन्टिनालाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा

असार १६,काठमाडौं। विश्वकप फुटबलमा केलिन एम्बाप्पेको दुई गोलको मदतमा अर्जेन्टिनालाई हराउँदै फ्रान्स विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको नकआउट चरणको पहिलो खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोल अन्तरले हराएको हो। दोस्रो हाफको सुरुमा नै गोल खाएको फ्रान्स ११ मिनेट तीन गोल गर्दै खेलमा फर्किएको थियो। उसका लागि एम्बाप्लेले लगातार दुई गोल गरेका थिए। खेलको इन्जुरी टाइममा सर्जियो एग्युरोले गोल गरेपनि अर्जेन्टिनाको हार टार्न सकेनन्। काजानमा भएको खेलमा अग्रता पनि [विस्तृतमा...]

यसकारण सेनेगलसँग अंक र गोल बराबर भए पनि जापान अन्तिम १६ मा

असार १५,काठमाडौं। रुसमा जारी विश्वकप फुटबलमा कोलम्बिया र जापान क्रमशः समूह एचको विजेता र उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गर्न सफल भएका छन्। अन्तिम खेलमा सेनेगललाई १–० गोलअन्तरले पराजित गर्दै सर्वाधिक ६ अंकसहित कोलम्बिया समूह विजेता बन्न सफल भएको हो। उता, जापान र सेनेगलको अंक, गोल अन्तर, गरेको गोल, दुई बीच भएको खेलमा हासिल गरेको अंक, दुई बीच भएको खेलमा गरेको गोल सबै बराबर भए पनि जापानले फेयर प्लेको आधारमा अर्को चरणमा स्थान बनायो। अन्तिम खेलमा पोल्याण्डसँग जापान पनि १-० गोलअन्तरले [विस्तृतमा...]

ब्राजिल बन्यो समूह विजेता

असार १४,काठमाडौं। विश्वकपमा ब्राजिल समूह विजेता बन्दै अन्तिम १६ स्थान बनाएको छ। बुधबार राति भएको खेलमा सर्बियालाई २–० ले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो। कोष्टारिकासँग २–२ को बराबरी खेलेको स्वीट्जरल्याण्ड भने समूह र्इको उपविजेता बनेको छ । खेलअघिसम्म सर्बिया आक्रमक देखिएको थियो। उसका प्रशिक्षकले पनि केही पनि असम्भव छैन भनेका थिए भने स्ट्राइकर मिट्रोभिकले ब्राजिललाई किन नहराउने भनेका थिए। पहिलो खेलमा स्वीटजरल्याण्डसँग १–१ बराबरीमा रोकिएको ब्राजिल दोस्रो खेलमा [विस्तृतमा...]
1 2 3 4 19
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।