ntc

खेलकुद

फिफा बरियतामा नेपालको स्थान सुधार

फागुन २०, काठमाण्डौं ।  फिफाले बिहीबार सार्वजनिक गरेको बरियाताक्रममा नेपाल तीन स्थान माथि उक्लदै १८५औं स्थानमा आएको छ । विश्व फुटबल महासंघ फिफाको पछिल्लो बरियतामा नेपालले तीन स्थान सुधार गरेको छ । दक्षिण एशियामा अफगानिस्तान १५१औं स्थानसहित पहिलो स्थानमा छ । अफगानिस्तानले तीन स्थान सुधार गरेको हो । माल्दिभ्स एक स्थान तल झर्दै १५८ औं स्थानमा तथा दुई स्थान सुधार गर्दै भारत १६०औं स्थानमा छ । त्यस्तै बंगलादेश १७७औं स्थानमा छ । दक्षिण एशियामा पाकिस्तान, श्रीलंका र भुटान नेपालभन्दा पछाडि [विस्तृतमा...]

अमलदारबाट हवल्दार बने नवयुग

फागुन १९ ,काठमाडौं ।  साफ फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका नवयुग श्रेष्ठ नेपाली सेनामा एक तह बढुवा भएका छन् । फुटबलमा गरेको प्रदर्शनकै आधारमा उनलाई सेनाले पुरस्कार स्वरुप बढुवा गरेको हो । उनी अमलदारबाट हवल्दार बनेका छन् । सुनसरीको पानवारीस्थित कालीबक्स गणका गणपति बसन्त खड्काले मंगलबार उनलाई हवल्दारको फुली लगाइदिएका छन् । बढुवा हुदा कस्तो महशुस गर्देहुनुहुन्छ ? करेन्टनेपालन्यूज डटकमको प्रश्नमा उनले आफु निकै खुशी भएको र देशको लागि खेलेको खेलसगै आफुलाई आफ्नो संगठनले पुरस्कार सोरुप [विस्तृतमा...]

भारतले पाकिस्तानलाई हरायो

 एसिया कप क्रिकेटमा शनिबार भारतले पाकिस्तान विरुद्ध पाँच विकेटको जित हात पारेको छ । बंग्लादेशको मिरपुरस्थित शेरे बंग्ला रंगशालामा टस हारेर ब्याटिङ थालेको पाकिस्तान १७।३ ओभरमा ८३ रन बनाएर अलआउट भयो । ८४ रनको लक्ष्य पछ्याएको भारतले १५ओभर तीन बलमा पुरा गर्‍यो। पाकिस्तानका सर्फराज अहमेदले २५ र खुर्राम मन्जुरले १० रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । भारतका हार्दिक पाण्डेले तीन विकेट लिए भने रविन्द्र जडेजाले २ विकेट लिए। आशिष नेहरा, जसप्रित बुमराह र युवराज सिंहले पनि [विस्तृतमा...]
1 17 18 19
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।