ntc

खेलकुद

नेपाल अब नेदरल्याण्डसँग पनि भिड्ने

वैशाख १४,काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आगामी अगष्ट १३ र १५ मा नेपाल नेदरल्याण्डसँग भिड्ने भएको छ । आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले दुवै खेल नदरल्याण्डको घरेलु मैदानमा खेलनुपर्ने छ । सोमबार नेपाल क्रिकेट संघलाई निलम्बन गरेको आईसीसीले यसले नेपालको अन्तर्राष्ट्रिय खेलमा कुनै असर नपार्ने बताएको थियो । च्याम्पियनसिपमा नेदरल्याण्ड १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ । नेपाल भने ४ अंकसहित पाँचौँ स्थानमा छ । विश्वकप छनोटमा स्थान बनाउनका लागि [विस्तृतमा...]

राखेपले तिर्न सकेन उधारो

वैशाख १४,काठमाडौं । सातौं राष्ट्रिय खेलकुदका लागि जिल्ला छनोट प्रतियोगिता गराउँदा विभिन्न व्यापारीसँग लिएको उधारो तिर्न नसक्दा राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी बिचल्लीमा परेका छन्। जिल्ला छनोटका क्रममा विभिन्न शीर्षकमा व्यापारीसँग उधारोमा लिएको सामानको पैसा तिर्न नसक्दा देशभरका जिल्ला खेलकुद विकास समितिका पदाधिकारी कार्यालयसमेत जान नसक्ने अवस्था उत्पन्न भएको छ। निरन्तर स्थानीय व्यापारीको दबाब झेल्नु परेपछि जिल्लाका पदाधिकारीहरुले आवश्यक रकमका लागि राखेप धाउने क्रम पनि [विस्तृतमा...]

आज पनि रमाए नेपाली कीर्तिपुर मैदानमा (फोटो फिचर)

     तस्वीर:छिरिङ लामा वैशाख ६, काठमाडौं । नेपाल र नामिबियाबीच सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजनमा आजको खेलमा नेपाल विजयी भएको छ । यो जीतसंगै दुई खेलको शृंखला  नेपालको पक्षमा रह्यो । पहिलो खेलमा शनिबार नेपाल ५ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा आज नामिबियालाई ३ विकेटले पराजित गरेको [विस्तृतमा...]

नामिबियालाई हराउदै जित हासील गर्यो नेपालले

वैशाख ६,काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरर्गत नेपालले दोस्रो खेलमा नामिबियालाई ३ विकेटले पराजित गरेको छ। योसँगै नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष ४ मा पर्ने आशा जिवितै कायम राखेको छ। नामिबियाले दिएको २४० रनको लक्ष्य नेपालले खेल सकिन एक बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टायो। नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक १०३ रनको योगदान दिए । पारसले ९४ बलमा ७ छक्का र ५ चौका प्रहार गर्दै सतक पूरा गरे। यस्तै शरद भेष्वाकर ७४ रनमा नटआउट रहे। उपकप्तान ज्ञानेन्द्र [विस्तृतमा...]

नेपालले आज नामिबियासँग दोस्रो खेल खेल्दै

वैशाख ६, काठमाडौं । आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले आज नामिबियासँग दोस्रो खेल खेल्दैछ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नामिबिया विरुद्धको दोस्रो खेलमा पनि जित हात पार्ने योजनामा नेपाल रहेको छ । पहिलो खेलमा शनिबार पाँच विकेटको जित हात पारेको नेपालले अंकको खाता खोलेको छ । नेपाल यसअघि स्कटल्यान्ड र पपुआ न्युगिनीसँग पराजित भएको थियो । तर, घरेलु मैदानमा खेलिएको खेलमा शनिबार नामिबियालाई पाँच विकेटले पराजित गर्दै अंक तालिकामा सुधार गरेको छ । [विस्तृतमा...]

यस्तो थियो कीर्तिपुर मैदान आज (फोटो फिचर)

वैशाख ४, काठमाडौं । वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तगरगत नामिबिया विरुद्धको पहिलो खेलमा आज नेपालले ५ विकेटले जित हात पार्‍यो । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले नामिबियामाथि संघर्षपूर्ण ५ विकेटले जित हात पारेको हो [विस्तृतमा...]

नामिबियाविरुद्ध नेपालको जित,नामिबिया ५ विकेटले पराजित

वैशाख ४ , काठमाडौं । वल्र्ड क्रिकेट लिग च्याम्पियनसीप अन्तगरगत नामिबिया विरुद्धको पहिलो खेलमा नेपाल ५ विकेटले जित हात पारेको छ । नामिबियाले दिएको १ सय ९६ रनको लक्ष्य नेपालले ४७। १ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । राम्रो सुरुवात गरेपनि मिडिल अर्डरमा केही धर्मराएको नेपाली ब्याटिङ लाइनलाई शरद भेषवाकर र विनोद भण्डारीले सम्हाले । उनीहरुले १४।३ ओभरमा ८४ रनको अभिजित पार्टनरसीप गरे । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलको पहिलो इनिङमा नामिबियाले नेपालविरुद्ध १९५ रन बनाएको थियो । शरद [विस्तृतमा...]

दशरथ रंगशालामा रेस्लिङ प्रतियोगिता हुदै

वैशाख २, काठमाडौं । नेपाल रिंग रेलिस्ङ संघले आउँदो शनिवार दिउँसो १ बजे दशरथ रंगशालामा रेस्लिङ प्रतियोगिता गर्दैछ । ‘प्रथम अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता’ नाम दिइएको त्यस कार्यक्रमको उद्घाटन प्रधानमन्त्री के.पी ओलीले गर्नेछन् । प्रतियोगितामा सहभागि जनाउन विभिन्न देशका एक दर्जन रेस्लरहरु काठमाडौं आएर तयारी गरिरहेका छन् । प्रतियोगिताको आयोजना हुने स्थलको क्षमतालाई मध्यनजर गर्दै आयोजकले १५ हजार मात्र टिकट रहेको बताएका छन् । रेस्लिङ अवलोकनका लागि १ हजार, ५ सय र ३ सयका मुल्यका [विस्तृतमा...]

भलिबलमा नेपाल एपीएफ क्लबद्वारा नेपाल पुलिस क्लब पराजित

चैत १९,काठमाडौं । ‘सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७२’ सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालित सो प्रतियोगिताको कायम मुकायम सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले शुक्रबार समापन गरे । सशस्त्र प्रहरी बल प्रधान कार्यालय परिसरमा रहेको भलिबल कोर्टमा आयोजित समापन समारोहमा महानिरीक्षक राईले प्रतियोगिताका विजयी टिम तथा खेलाडीहरुलाई नगद पुरस्कार, पदक तथा ट्रफि प्रदान गरे । प्रतियोगिताको आजै [विस्तृतमा...]

नेपाली फुटबल टोली मलेसिया प्रस्थान

चैत १२, काठमाण्डौं । मलेसिया यु- २२ टोलीबिरुद्धको मैत्रिपूर्ण खेलका लागि नेपाली टोली मलेसिया प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल संघ एन्फा कार्यालयमा आयोजित एक कार्यक्रममा एन्फाका कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ लगायतले नेपाली टोलीलाई विदाई गरे । २३ सदस्यीय नेपाली टोलीले आइतबार मलेसियाली युवा टोलीसँग मैत्रिपूर्ण फुटबल खेल्नेछ । बिराज महर्जनको कप्तानीमा नेपाली टोलीमा युवा खेलाडीहरुको सङख्या धेरै छ । नेपाली टोलीलाई शुभकामना दिदै एन्फा कार्यबाहक अध्यक्ष नरेन्द्र श्रेष्ठले [विस्तृतमा...]
1 16 17 18 19
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।