ntc

खेलकुद

जर्मनीलाई हाराउदैँ आयोजक फ्रान्स युरोकपको फाइनलमा

असार २४, काठमाडौं । जर्मनीलाई हराउँदै आयोजक फ्रान्स जारी युरोकप फुटबलको फाइनलमा प्रबेश गरेको छ । मार्सेमा भएको दोस्रो सेमिफाइनल भिडन्तमा एन्टेनियो ग्रिजम्यान नायक बन्दै दुई गोल गर्न सफल भएपछि फ्रान्सले विश्वविजेता जर्मनीलाई घरको बाटो देखाउँदै पोर्चुगलसँग उपाधि भिडने पक्का गरेको हो । खेलको शुरुबाटै आयोजकमाथि दबाब राखेपनि जर्मनलाई उसका घाइते स्ट्राइकर मारियो गोमेजको अभाव खड्कियो । घरेलु भूमिमा भएको युरोकपको फाइनलमा पुर्याउने क्रममा फ्रान्सका लागि पहिलो हाफको अन्तिम समयमा [विस्तृतमा...]

मेस्सीलाई स्पेनमा जेल सजाय सुनाइए पनि जेल जान भने नपर्ने

असार २२, एजेन्सी । अर्जेन्टिना र बार्सिलोनाका फुटबलर लियोनल मेस्सीलाई कर छलेको आरोपमा २१ महिना जेल सजाय तोकेको छ । स्पेनको अदालतले मेस्सी र उनका बुबालाइ जेल सजाय तोकेको हो । स्पेनिस मिडियालाई उधृत गर्दै बीबीसीले जनाएअनुसार सन् २००७ देखि २००९ को बीचमा मेस्सीले ४६ लाख अमेरिकी डलर कर छलेको अभियोगमा जेल सजाय तोकेको जनाएको छ । स्पेनको अदालतले यस्तो सजाय तोकेको हो । बीबीसीले जनाए अनुसार मेस्सीले आर्थिक मामलाका आफुलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् । यसैबीच सीएनएनका अनुसार मेस्सी जेल [विस्तृतमा...]

यस्ता छन् मेस्सीका १० रोचक कुरा

असार १४, काठमाडौं । फुटबलर लिओनल मेस्सीलाई विश्वका सबैभन्दा उत्कृष्ट फुटबलर मानिन्छ । उनी संसारका एक खेलाडी हुन्, जसले लगातार चार पटकसहित पाँच पटक बालोन डि’ओर जितेका छन् । उनले तीन पटक युरोपियन गोल्डेज शूको उपाधि जित्ने पनि एक्ला फुटबलर हुन् । तर, उनको दुर्भाग्य रहृयो कि अर्जेन्टिनालाई कुनै ठूलो उपाधि दिलाउन सकेनन् । कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना चिलीसँग टाइब्रकेरमा पराजित भए, जुन खेलमा उनले पेनाल्टी मिस गरे । यो हारसँगै उनले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिए । तर, क्लब फुटबलमा [विस्तृतमा...]

रोनाल्डो नेतृत्वको पोर्चुगललाई आइसल्याण्डले बराबरीमा रोक्यो

असार १,काठामाडौं । युरो कप फुटबलमा क्रिष्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगललाई आइसल्याण्डले बराबरीमा रोकेको छ । मंगलबार राति भएको आफ्नो पहिलो खेलमा पोर्चुगलले पहिलो पटक ठूलो प्रतियोगिता खेलिरहेको आइसल्याण्डसँग एक -एक गोलको बराबरी खेलेको हो । खेलमा पोर्चुगलले ३१ औं मिनेटमा नानीको गोलबाट सुरुवाति अग्रता लिएको थियो । तर, आइसल्याण्डले ५० औं पोर्चुगललाई आश्चर्यमा पार्ने गरी बराबरी गोल फर्कायो । खेलको अन्त्यतिर क्रिष्टियानो रोनाल्डोको हेडर आइसल्याण्डका किपरले बचाए । उसो त [विस्तृतमा...]

कोपा अमेरिकामा अमेरिकाले हात पार्यो पहिलो जित

जेठ २६ , काठमाडौं । कोपा अमेरिका कप फुटबलमा अमेरिकाले पहिलो जित हात पारेको छ । बुधबार विहान भएको खेलमा आयोजक अमेरिकाले कोष्टारिकालाई ४-० गोल अन्तरले पराजित गरेको हो । अमेरिकालाई यो खेल जित्नै पर्ने दबाव थियो । यदि हारेको भए समूह चरणबाटै बाहिरिने अवस्था रहन्थ्यो । अमेरिकाले प्रतियोगिताकै उद्घाटन खेलमा अमेरिका कोलम्बियासँग पराजित भएको थियो । खेलमा अमेरिकाले नवौं मिनेटमा डेम्पसी पेनाल्टी गोलबाट अग्रता लिएको थियो । क्रिष्टिन आम्बोओले बोबी वुडलाई लडाइपछि रेफ्रीले पेनाल्टी दिएका थिए [विस्तृतमा...]

रुकुममा दोस्रो जिविस कप सञ्चालन

जेठ २४,रुकुम । रुकुममा दोस्रो जिविस कप सञ्चालन भएको छ । समृद्ध समाज रुकुमको आयोजनामा दोस्रो जिविस कप सुरु भएको छ । गाविस स्तरिय दोस्रो जिविस कप आइतवार देखि सदरमुकाम खलंगामा सुरु भएको छ । जिल्ला विकास समितिको सहयोग र समृद्धि समाज नेपालले उक्त कपको आयोजना गरेको हो । उक्त भलिवल प्रतियोगितामा दुई नगरपालिका सहित २२ गाविसका खेलाडिहरु सहभागी भएका छन् । प्रथम, द्धितृय र तृतीय हुनेलाई क्रमश ५०, ३० र २० हजार नगद पुरस्कार सहित मेडल र प्रमाण पत्र उपलब्ध गराइने छ । आगामी २७ गते सम्म खले गरिने छ । गत [विस्तृतमा...]

क्यालिर्फोनिया पुगे कोपा अमेरिका खेल्न मेस्सी

जेठ २३ ,काठमाडौं । लिओनल मेस्सी कोपा अमेरिका फुटबल खेल्न अमेरिकाको क्यालिर्फोनिया पुगेका छन् । सँगै टिममेटलाई भेटेका छन् । तर, एक्लै अभ्यास गरेका छन् । बार्सिलोनाको अदालतमा कर छलीको मुद्धामा सुनुवाइ भइरहेकाले उनी ढिला टिममा आवद्ध भएका हुन् । उनले छुट्टै अभ्यास गर्नुले सोमबार चिलीविरुद्धको खेल नखेल्ने त होइन भन्ने आशंका गरिएकोछ । उनी अझै फिट नभएको अनुमान गरिएको छ [विस्तृतमा...]

प्रवल जनसेवा श्री पदक नवयुग श्रेष्ठ र मीरा राईलाई

जेठ १५, काठमाडौं । नेपाली फुटबल टोलीका  स्टार स्ट्राइकर नवयुग श्रेष्ठ र अल्ट्रा धाविका मीरा राईलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीले सम्मान गर्ने भएको छ । नोवौं गणतन्त्र दिवसको अवसरमा सरकारले घोषणा गरेका बिभिन्न मानपदवीमध्ये प्रवल जनसेवा श्री पुरस्कारबाट फुटबल स्टार श्रेष्ठ र धाविका मीराका अलवा जुडोकी नीमा घर्तीमगर र कराँतेकी बिमला तामाङलाई पनि सम्मान गर्ने भएको छ । फुटबल स्टार नवयुगको प्रेरणामा नेपालले गत बर्षको अन्त्यमा भारतमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुदमा फुटबलतर्फ [विस्तृतमा...]

शशांक मनोहर आइसीसीको अध्यक्षमा निर्विरोध चयन

वैशाख ३०,काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को पहिलो स्वतन्त्र अध्यक्षमा भारतका शशांक मनोहर निर्विरोध निर्वाचित भएका छन् । उनले तत्काल लागू हुने गरी दुई वर्षसम्म कार्यकाल सम्हाल्नेछन् । मनोहरले दुई दिन अगाडि मात्रै भारतीय क्रिकेट बोर्डको अध्यक्षबाट राजीनामा दिएका थिए । कुनै देशको क्रिकेट बोर्ड प्रमुख आइसीसीको अध्यक्षमा उठ्न नपाउने भएकाले उनले राजीनामा दिएका हुन् । आइसीसीमा उठ्नका लागि नै उनले राजीनामा दिएको पुष्टी भएको छ । निर्वाचन प्रक्रियाअनुसार आइसीसीका [विस्तृतमा...]

क्रिकेटको संकट टार्न विवादित पक्ष लचिलो

वैशाख १५,कामाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसीसी०बाट निलम्बनमा परेपछि विवादमा रुमल्लिइरहेको नेपाली क्रिकेट थप अन्योलमा धकेलिएको छ। १९८८ मा एफिलिएट सदस्य हुँदै आइसीसीसँग आबद्ध नेपाली क्रिकेट प्रशासनले भोगेको यो अहिलेसम्मको सबभन्दा ठूलो कारबाही हो। आइसीसीले सोमबार सरकारी हस्तक्षेपको कारण देखाउँदै नेपाली क्रिकेट संघ ९क्यान०लार्इ निलम्बन गरेको थियो। विवाद समाधान नगरेसम्म भन्दै आइसीसीले क्यानमाथि निलम्बन निर्णय गर्दा अन्तर्राष्ट्रिय सहभागिता भने नरोक्ने प्रस्ट पारेको [विस्तृतमा...]
1 15 16 17 18 19
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।