ntc

खेलकुद

स्वदेश फर्किएको नेपाली क्रिकेट टोली, विमानस्थलमा रातो कार्पेट

माघ २१,काठमाडौं। युएईमा सम्पन्न घरेलु टोलीविरूद्धको एकदिवसीय र टी-२० सिरिज जितेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई पहिलो पटक भब्य स्वागत गरिएको [विस्तृतमा...]

सन्दीपकाे टाेली आज रंगपुर राइटर्ससँग खेल्दै

माघ ५,काठमाडौं। नेपाली युवा स्पिनर सन्दीप लामिछानेको टोली सिलेट सिक्सर्सले बंगलादेश प्रिमियर लिगमा शनिबार रंगपुर राइटर्ससँग प्रतिस्पर्धा गर्दैछ। सिलेटमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो एक बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा ६ खेलमा मात्र दुईमा जित निकालेको सिलेटले शनिबार रंगपुरविरुद्ध जित निकाल्ने लक्ष्य राखेको छ। यस प्रतियागितामा ६ खेलमध्ये दुई खेलमा विकेटविहीन बनेका सन्दीपले शुक्रबार भएको खेलमा एक विकेट लिएर २७ रन दिएका थिए। शनिबार पनि उनी टिममा पर्ने प्रबल संभावना [विस्तृतमा...]

विश्वकप क्रिकेटको ट्रफी काठमाडौं आइपुग्यो

कात्तिक ९,काठमाडौं। विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको छ। इङ्ग्ल्याण्ड र वेल्समा सन् २०१९ को मे ३० देखि १४ जुलाइसम्म आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी अपराह्न नेपाल ल्याइएको हो। ट्रफीलाई शुक्रबार साँझ स्वयम्भूमा प्रदर्शन गरिएको छ [विस्तृतमा...]

प्याराग्लाइडिङको विश्वकप नेपालमा आयोजना गरिने

असोज २९,काठमाडौँ। हालै इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा रजत पदक जितेपछि नेपालको प्याराग्लाइडिङ खेलले विश्वमञ्चमा थप चर्चा बटुलेको थियो। पहिलो सहभागितामै नेपाललाई २० वर्षपछि एसियाडमा रजत पदक दिलाउन सफल भएपछि अहिले नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ पनि थप उत्साही बनेको छ। निजी क्षेत्रको प्रयासमा चलिरहेको प्याराग्लाइडिङ खेलले अब बिस्तारै व्यापकता पाउन लागेको छ। नेपालमा प्याराग्लाइडिङ खेलको थप विकास गर्ने उद्देश्यले कात्तिक १५ देखि १९ [विस्तृतमा...]

आयोजक बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

भदौ २३,काठमाडौं। बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसीप फुटबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। आयोजक बंगलादेशलाई २-० हराउँदै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो। हारसँगै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ। नेपाललाई जिताउन स्ट्राइकर बिमल घर्ती मगरर नवयुग श्रेष्ठले गोल गरे। खेलको ३३ औं मिनेटमा गोल बिमलको गोलमा नेपालले अग्रता लिएको थियो ।डिबक्स बाहिरबाट पाएको फ्रिकिकमा बिमलले प्रहार गरेको बल विपक्षि गोल रक्षकको हातबाट फुत्किएर गोलमा परिणत भयो। [विस्तृतमा...]

नेपालको शानदार जित

भदौ २१,काठमाडौं। बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ-साफ च्याम्पियनसिपअन्तर्गत समूहगत चरणको आफ्नो दोस्रो खेलमा नेपालले भुटानलाई ४-० गोलले हराएको छ। ७० मिनेटपछि १० खेलाडिमा सिमित भुटानविरुद्ध प्राप्त यो जितपछि नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग २(१ गोलले पराजित भएको थियो।नेपालले तेस्रो तथा अन्तिम खेलमा बंगलादेशसँग खेल्ने छ। नेपालको जितमा भरत खवास, सुनिल बल, निराजन खड्का र अनन्त तामाङले गोल गरे। निराजन र भरत दोस्रो हाफमा मैदान [विस्तृतमा...]

लेनिनलाई विमानस्थलमा किन रोकियो ?,२४ घण्टाभित्रै लिखित जवाफ मागेको छु: प्रधानमन्त्री

भदौ ११,काठमाडौं। बैंककमा हुने एक कार्यक्रममा सहभागी हुन जान लागेका तत्कालीन माओवादी द्वन्द्वमा सहभागी भएका पूर्व बालसैनिक लेनिन विष्टलाई थाइल्याण्ड उड्ने क्रममा केही दिनअघि विमानस्थलबाट फर्काइएको घटनामा प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्रालयसँग लिखित जवाफ मागेका छन्। ‘लेनिन विष्टलाई विमानस्थलबाट जसरी फिर्ता गरियो त्यो अलि अति मानवअधिकार हनन भयो’, प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा सम्पादकहरूसँगको छलफलमा भने, ‘कसले, कसरी आदेश दिएर फर्काइएको हो, २४ घण्टाभित्रै लिखित [विस्तृतमा...]

फ्रान्सले क्रोएसियालाई हराउँदै २० वर्षपछि फेरि विश्वविजेता

असार ३१,काठमाडौं। फ्रान्सले विश्वकप फुटबलको उपाधि जितेको छ। क्रोएसियालाई हराउँदै फ्रान्सले दोस्रो पटक विश्वकप फुटबलको उपाधि जितेको हो। आइतबार राति भएको खेलमा फ्रान्सले क्रोएसियालाई ४-२ गोल अन्तरले पराजित गर्दै २० वर्षपछि फेरि उपाधि जितेको हो। खेलमा फ्रान्सले १८औ मिनेटमा आत्मघााती गोलमार्फत अग्रता लिएको थियो। कर्नर बललाई हेडमार्फत क्लियर गर्न लाग्दा क्रोएसियाका मारियो मान्जुकिजले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए। त्यसपछि क्रोएसियाले २८ औं मिनेटमै गोल फर्काएर खेल बराबरीमा [विस्तृतमा...]

विश्वकप फुटबलमा इंग्ल्याण्डलाई हराउँदै बेल्जियम बन्यो तेस्रो

असार ३०,काठमाडौं। विश्वकप फुटबलमा इंग्ल्याण्डलाई हराउँदै बेल्जियम तेस्रो बनेको छ। शनिबार भएको खेलमा बेल्जियमले इंग्ल्याण्डलाई २–० गोल अन्तरले हराएको हो। सेन्ट पिटर्सबर्गमा भएको खेलमा बेल्जियमले चौथो मिनेटमा नै थोमस मुनिरको गोलबाट अगता लिएको थियो। प्रभावशाली प्रदर्शन गरेका इडेन हर्जाडले निर्धारित समयको खेल सकिन ७ मिनेट बाँकी छँदा गोल गर्दै जित सुनिश्चित गरे। विश्वकपमा बेल्जियमको यो सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । तर, गोल्डेन जेनेरेसन भनिएको यो टोलीलार्इ उपाधिको दाबेदारका [विस्तृतमा...]

कोलम्बियालाई ४-३ ले हराउँदै इ‌ंग्ल्याण्ड क्वार्टरफाइनलमा

असार २०, काठमाडौं। विश्वकप फुटबलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै इ‌ंग्ल्याण्ड क्वार्टरफाइनलमा पुगेको छ। खेलमा इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले कोलम्बियाका खेलाडी कार्लोस बाकाको प्रहार बचाएका थिए भने मेटस उरिबेको प्रहार पोलमा ठोक्किएको थियो । इ‌ंग्ल्याण्डका जोर्डन हेण्डरसनको प्रहार भने कोलम्बियाका गोलकिपर डेविड ओस्पिनाले बचाएका थिए। प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । खेलमा अग्रता भने ५७ औं मिनेटमा इंग्ल्याण्डले [विस्तृतमा...]
1 2 3 18
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।