ntc

अर्थ

त्रिभुवन विमानस्थलः साढे २ अर्ब असुल्न बाँकी

चैत ४,काठमाडाैं। त्रिभुवन विमानस्थल कार्यालयले बन्द भइसकेका एयरलाइन्स, संस्था, सरकारी निकाय तथा व्यापारीबाट करिब साढे २ अर्ब ४७ करोड ९३ लाख असुल्न बाँकी रहेको विमानस्थलले जनाएको छ। यो रकम गत पुस मसान्तसम्मको हो । विमानस्थलको कर्पोरेट महाशाखाका उपप्रबन्धक हेमप्रसाद दाहालका अनुसार आन्तिरिक र अन्तर्राष्ट्रिय टर्मिनलभित्र तथा बाहिर गरी ४२ व्यापारिक संस्था तथा ठेकेदार कम्पनीले पसललगायत व्यापारिक प्रयोजनका लागि स्थान भाडामा लिएका छन्। यीमध्ये २० वटाले काठमाडौँ र पाटन उच्च अदालतमा [विस्तृतमा...]

२५ कराेड बाँड्ने त्रिवि पदाधिकारीकाे तयारी

चैत ४,काठमाडाैं। विश्वविद्यालय अुनदान आयोग आफैले गठन गरेको अध्ययन समितिले बुझाएको प्रतिवेदनलाई लत्याउँदै आंगिक क्याम्पसलाई मनोमानी ढंगले रकम बाँड्ने निर्णय गरेको छ। त्रिभुवन विश्वविद्यायलका पदाधिकारीहको इसारामा विज्ञान विषय पढाइने २६ वटा क्याम्पसलाई २५ करोड बाँड्ने निर्यण गरेको बुझिएको छ। जसमा त्रिविअन्तर्गतका २४ वटा र सूदुरपश्चिम तथा मध्यपश्चिम विश्वविद्यालयका एक एक वटा क्याम्पस छन्। बिएससी र एमएससी कक्षा सञ्चालन गरिहेको आंगिक क्याम्पसको अवस्था अध्ययन प्रतिवेदन २०७५ ले [विस्तृतमा...]

नेता उडाउन हेलिकप्टर प्रतिस्पर्धा

फागुन २७,काठमाडौँ। राजधानीबाट सवारी साधनमा जाँदा २ देखि अढाई घण्टामै सदरमुकाम धादिङबेंसी पुगिन्छ। पृथ्वीराजमार्ग वरपर त झनै छिटो पुगिन्छ। सदरमुकामभन्दा बाहिर २ देखि ३ घण्टामा नपुग्ने कुनै बस्ती छैन। तर, आफ्नो पहुँच र शक्ति प्रदर्शनका लागि नेतालाई विभिन्न कार्यक्रममा ल्याउन हेलिकप्टर प्रयोग गर्ने जिल्लावासीमा प्रतिस्पर्धा चलेको छ। गत साउनदेखि फागुन १७ सममको २४ दिनमा २८ वटा हेलिकप्टर धादिङको भूमीमा उत्रिएका छन्। राजमार्ग जोडिएको बेनीघाट चरौँदी महोत्सव उद्घाटन गराउन आयोजकले [विस्तृतमा...]

फास्ट ट्रयाकको प्रतिवेदन यसै साता सरकारलाई बुझाइने

फागुन २७,काठमाडौँ। नेपाली सेनाले काठमाडौँ तराई द्रूत मार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रितिवेदन (डीपीआर) यसै साता सरकारलाई बुझाउने भएको छ। नेपाली सेनाको द्रूत मार्ग परियोजना प्रमुख योगेन्द्र खाँडले कोरियाली कम्पनी योसिन र पेङ्गवाले तयार पारेर परियोजनालाई बुझाएको प्रतिवेदनको अन्तिम रूप दिने काम भइरहेको बताउँदै मन्त्रिपरिषद्बाट पारितका लागि सरकारलाई यसै हप्ता सो प्रतिवेदन बुझाउने बताए। प्रतिवेदन मन्त्रिपरिषद्बाट पारित भएसँगै सेनालाई निर्माणको काम द्रूत गतिमा अगाडि [विस्तृतमा...]

तेलभन्दा खानेपानीमा दोब्बर खर्च

फागुन २५,काठमाडौँ। तेलभन्दा पानी महँगो छ भन्दा अनौठो लाग्न सक्छ। यर्थाथ यही हो। महिनाको  ३ सयले भान्सामा तेल पु-याउने परिवारले सामान्य खानेपानीको जोहो गर्दा ६ सय रुपैयाँ तिर्न बाध्य हुनुपरेको छ। जलवायु परिर्वनले परम्परागत स्रोतहरु सुकेपछि रामेछापको दक्षिणी क्षेत्रका अधिकांश स्थानमा बिजुलीबाट पम्प गरेको पानी खान स्थानीय बाध्य छन्। बिजुलीको महसुल असाध्यै महँगो हुँदा सामान्य परिवारका लागि खानेपानी तेभन्दा खर्चिलो हुन थालेको हो। जिल्ला सदरमुकाम मन्थलीमा वितरण गरिएको खानेपानीको [विस्तृतमा...]

बाग्मती ब्युटिफिकेसन आयोजनाः बाग्मती सोचेजस्तै सफा नभएपछि सहयोग रोक्ने एडीबीको चेतावनी

फागुन २२,काठमाडौं। एसियाली विकास बैंक (एडीबी)ले बाग्मती ‘ब्युटिफिकेसन’ आयोजनाको प्रगति सन्तोषजनक नभएको भन्दै त्यसबाट हात झिक्ने चेतावनी दिएको छ। मुआब्जा विवादले लामो समयदेखि काम ठप्प भएपछि एडीबीले सहरी विकास मन्त्रालयलाई सहयोग रोक्ने चेतावनीसहितको पत्र पठाएको हो। आयोजनाअन्तर्गत बाग्मती किनारमा बगैँचा विकास र ट्रिटमेन्ट प्लान्ट स्थापना गरी ढल प्रशोसन गरेर नदीमा पठाउने कार्यक्रम छ। यसका लागि एडीबीले १३ अर्ब रुपैयाँ सहयोग गरेको छ । तर गोकर्ण ब्यारेजदेखि सिनामंगलसम्मका स्थानीयले [विस्तृतमा...]

उद्धार र विपद् व्यवस्थापनका लागि प्रहरीले माग्यो सातवटा हेलिकोप्टर

फागुन २२,काठमाडौं। नेपाल प्रहरीले गृह मन्त्रालयसँग सातवटा हेलिकोप्टर खरिद गर्न बजेट माग गरेको छ। खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि सातवटै प्रदेशमा सातवटा हेलिकोप्टर आवश्यक भएको भन्दै खरिदका लागि प्रहरीले बजेट माग गरेको हो । सशस्त्र द्वन्द्वको समयमा पनि प्रहरीले हेलिकोप्टर खरिद गर्नका लागि गृह मन्त्रालयसँग बजेट माग गरेको थियो। तर प्रहरीलाई गृह मन्त्रालयले भने बजेट उपलब्ध गराएको थिएन। २०१२ सालमा स्थापना भएको प्रहरी संगठनले पटक–पटक हेलिकोप्टर खरिदका लागि बजेट माग गर्दै आएको [विस्तृतमा...]

सहिदको नाममा सरकारले बाड्यो १ अर्ब ८० रुपैयाँ बढी

फागुन २०,काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा अ‍ोली नेतृत्वको सरकारले  एक वर्षमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट पौने २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ। २०७४ फागुन ३ गते सरकारको नेतृत्वमा आएपछि  अ‍ोलीले विकास, सुशासन र आर्थिक मितव्ययितालाई मूलमन्त्रको रुपमा प्रचार  गरेका थिए। ओली सरकारले एक वर्षको अवधिमा आर्थिक सहायता र सहिद घोषणा नाममा १ अर्ब ८० करोड ९३ लाख रुपैयाँभन्दा बढी राज्यको ढुकुटीबाट बाँडेको हो। त्यस्तै विदेश भ्रमणमा करिब २३ करोड [विस्तृतमा...]

कमिसन बढाउने चलखेलमा उद्योगीले ग्यास लुकाए

फागुन २०,काठमाडौं। मूल्य बढाउने र कमिसन सुरक्षित गर्ने नियतले ग्यास उद्योगीले भारतबाट ग्यसा ल्याउने कागजात (प्रोडक्ट डेलिभरी अर्डर, पीडिओ) शुक्रबारदेखि लिएका छैनन्  । कारोबारमा नाफा बढाउनु पर्नेलगायत माग राख्दै आएका उनीहरुले विरोधमा पीडिओ अठाउन छाडेका हुन्। नेपाल ग्यास उद्योग संघले विरोध कार्यक्रम सार्वजनिक गरेलगत्तै बजारमा ग्यास लुकाउन थालिएको छ ।प्रचलित ऐनविपरित कार्य गर्न कुनै पनि व्यक्ति, व्यवसाय र उद्योगलाई कारबाही गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई भए पनि सरकार र [विस्तृतमा...]

लापरबाही हुँदा १ सय ५० रोपनी सरकारी जग्गा हयात होटलको नाममा

फागुन ११,काठमाडौं। तारागाउँ विकास समितिको गतल निर्णयका कारण सरकारी स्वामित्वको १ सय ५० रोपनी जग्गा हयात होटलका नाममा दर्ता भएको भेटिएको छ। २०४९ सालमा सरकारले भोगाधिकारका लागि स्वीकृति दिएको जग्गा समितिले राजीनामा पास गरी दिने निर्णय गरेको हो। सरकारी जग्गा कुनै पनि व्यक्तिका नाममा दर्ता गर्न मिल्दैन। भूमिसम्बन्धी विवादको कानुनी प्रतिरक्षा गरिरहेका उहन्यायाधिवक्ता खेमराज ज्ञवालीका अनुसार नेपालको मालपोतसम्बन्धी कानुनमा सरकारी वा सार्वजनिक जग्गा बेच्ने परिकल्पनै छैन। ‘मालपोत [विस्तृतमा...]
1 2 3 54
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।