ntc

अपराध

बलात्कारीलाई मृत्युदण्डको पैरवी

असोज १३,काठमाडौं। कलिला नानीहरूको घाँटी निमोठ्ने मानव सभ्यताविपरीतका घटनालाई विद्यमान कानुनले थेग्न नसकेपछि महिला सांसदहरू यसमा कठोर भएर जाने निष्कर्षमा पुगेका छन्। यस्ता कुकार्यमा संलग्नहरूलाई मृत्युदण्डको सजाय दिनुपर्ने उनीहरूको ठहर छ। त्यसका लागि संविधान, कानुन र अन्तर्राष्ट्रिय सन्धिरसम्झौतामा परिवर्तन वा परिमार्जन गर्न पछि पर्न नहुनेमा सबै दलका महिला सांसदको एकमत छ। प्रतिनिधिसभा र राष्ट्रियसभाका ३२ सांसदको सोमबारको भेलाले १६ वर्ष मुनिका बालिकाको बलात्कार गर्नेलाई [विस्तृतमा...]

सम्झनाको शव उठेन

असोज ११,काठमाडौं। मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्। उनका आमाबुबा रोजगारीका क्रममा भारत गएको चार वर्ष भयो। सम्झनाले दुईदिनअघि मात्रै भारतमा रहेका बुबाआमासँग कुरा गरेकी थिइन्। उनले यसपालिको दसैंमा घर आउँदा आफूलाई राम्रो लुगा, मोबाइल र झोला ल्याइदिन भनेको उनकी हजुरआमा हासु कामीले बताइन्। सम्झनाले सामान मागेको हप्तादिन नपुग्दै उनले [विस्तृतमा...]

प्रहरीलाई पोसाकदेखि सलामीसम्ममा नियम

भदौ २९,काठमाडौं। प्रहरी संगठनभित्र के कसरी काम कारबाही सञ्चालन गर्ने भन्नेबारे आचार संहिता जारी गरिएको छ। प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश २०७७ आइतबार सार्वजनिक गरेका हुन्। सो कार्यादेशमा प्रहरी संगठनभित्र रहँदा पालना गर्नुपर्ने अनुशासन, सम्मान तथा आवश्यक नियमबारे उल्लेख गरिएको छ। कार्यादेश जारी गर्दै प्रहरी महानिरीक्षक थापा क्षत्रीले निर्माण भएका कार्यादेश र निर्देशिकाहरूले संगठनलाई सही मार्गमा [विस्तृतमा...]

उपत्यकाका सबै अदालतमा सेवा विस्तार

भदौ २९,काठमाडौं। सर्वोच्च अदालतसहित उपत्यकाका सबै अदालतले निषेधाज्ञापछि खुम्चिएको अदालतको सेवा विस्तार गरेका छन् । यस बीचमा उपत्यकाका सबै अदालतले कोरोना (कोभिड–१९) जोखिमलाई दृष्टिगत गर्दै थुनुवा र बन्दीका मुद्दा मात्र सुनुवाइ गरेका थिए। आइतबारदेखि सेवा विस्तार गरेका हुन् तर अझै पनि केही सेवा भने स्थगन नै रहेका छन्। सर्वोच्च अदालतले आइतबारदेखि सबै प्रकृतिका रिट तथा पुनरावेदन निवेदन दर्ता र सुनुवाइ सुरु गरेको सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो। दर्तासँगै प्रारम्भिक [विस्तृतमा...]

‘म्याच फिक्सिङ’ राज्यविरुद्ध कसुर नहुने

भदौ २३,काठमाडौं। सर्वोच्च अदालतले राष्ट्रका तर्फबाट प्रतिनिधित्व हुने खेल मिलेमतोलाई राष्ट्रिय लज्जा र स्वाभिमान विपरीतको कार्य हुने भए पनि राष्ट्र विप्लवको कसुर नहुने व्याख्या गरेको छ। अदालतले राज्य विप्लवमा नियतपूर्वक राज्यको सार्वभौमसत्ता, अखण्डता तथा राष्ट्रिय एकतामा अव्यवस्था सिर्जना हुनुपर्ने फैसलामा उल्लेख गरेको छ। खेल मिलेमतोलाई राज्य विप्लव नमाने पनि अदालतले राष्ट्रको शिर निहु¥याउने लज्जाको विषय भनेको छ । खेल मिलेमतो कसुरबाट भने अदालतले पाँच खेलाडी र एक प्राविधिक [विस्तृतमा...]

कोरोना कहरः जोखिममा प्रहरी

भदौ २३,काठमाडौं। शान्ति सुरक्षाका लागि सबैभन्दा अग्रमोर्चामा खटिने प्रहरीमा कोरोना संक्रमणको जोखिम अन्य सुरक्षा संगठनमा भन्दा बढी देखिएको छ। सुरक्षाका लागि भन्दै विभिन्न स्थानमा हुने आन्दोलन तथा कार्यक्रमको भीड नियन्त्रण, प्राकृतिक विपत्ति तथा दुर्घटनामा ‘रेस्क्यु’का लागि तत्कालै पुग्नुपर्ने प्रहरीमाथि अन्य सुरक्षा संगठनमा भन्दा बढी जोखिम देखिएको छ । अझै काठमाडौं उपत्यकामा खटिएका प्रहरीमा अन्यत्रको भन्दा संक्रमणको जोखिम धेरै देखिँदै आएको छ। गत बिहीबार ललितपुरको पुल्चोकमा [विस्तृतमा...]

कोरोना महामारीले प्रधानन्यायाधीश मातहतका काम प्रभावित

भदौ २२,काठमाडौं। कोरोना महामारीका कारण प्रधानन्यायाधीश मातहतमा रहेका योजनाको काम प्रभावित बनेको छ। प्रधानन्यायाधीशको अध्यक्षमा गठित न्यायमा पहुँचका कामअन्तर्गत उत्पीडित र विपन्न वर्गका लागि न्यायमा पहुँच अभिवृद्धिको काम चैतयता ठप्प भएको छ । कोरोना भारइसको महामारीका कारण चैतयता लकडाउनका कारण न्यायमा पहुँचअन्तर्गत गर्ने पर्ने काम प्रभावित बनेको हो । महामारीसँगै सर्वोच्चसहित मुलुकभरका अदालतको न्यायिक कामसमेत प्रभावित बन्न पुगेको छ । समयावधि तोकेरसमेत काम गर्न सक्ने अवस्था [विस्तृतमा...]

अवैध सम्बन्ध र लेनदेनले बढ्दै हत्याका घटना

भदौ २१,काठमाडौं। पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ। यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति, आफन्त र चिनजानका व्यक्ति तथा सामाजिक सञ्जालबाट चिनजान भएर प्रेम सम्बन्धमा गाँसिएकासमेत पर्न थालेका छन् । यस्तै, अवैध सम्बन्ध र लेनदेनका कारण गत शुक्रबार ललितपुरमा आफ्नै परिवारभित्र हत्याको घटना भएको छ । भैँसेपाटी बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या आरोपमा उनका भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेपछि अवैध [विस्तृतमा...]

‘मृतक र सङ्क्रमितको विवरण सार्वजनिक नगर्नू’

भदौ २०,काठमाडौं। सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड–१९)बाट मृत्यु भएका र सङ्क्रमित व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ। व्यक्तिको सहमतिबेगर त्यस्ता विवरण छाप्ने तथा सार्वजनिक गर्ने व्यवस्था तत्काल रोक्न पनि अदालतले फैसलामा भनेको छ। विवरण सार्वजनिक गर्नु प्रचलित संविधान, गोपनीयताको हकसम्बन्धी ऐन, मुलुकी फौजदारी संहिता तथा अदालतबाट प्रतिपादित नजिरविपरीत हुने फैसलामा उल्लेख छ । अधिवक्ताद्वय रोशनी पौड्याल र सरोजकृष्ण घिमिरेको रिटको [विस्तृतमा...]

कारागारभित्र पनि फैलियो कोरोना

भदौ १५,काठमाडौं। देशका विभिन्न जिल्लामा रहेका ७१ कारागारमध्ये सात वटा कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखिएको छ। राजधानीको जगन्नाथ देवलस्थित केन्द्रीय कारागार, वीरगन्ज, बाँके, सुनसरीको झुम्का, सिराहा, स्याङ्जा र सिन्धुपाल्चोक कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखिएको हो। आइतबार मात्रै केन्द्रीय कारागारका ३५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको कारागार [विस्तृतमा...]
1 2 3 4 5 74
दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।