प्रतिनिधिसभा पुनःस्थापना गर्न सर्वोच्चको आदेश
फागुन ११,काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको छ। संवैधानिक इजलासले मंगलबार फैसला जारी गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते भएको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको हो। संयोग उनको ६९औँ जन्म दिन ठूलो राजनीतिक पराजयका रुपमा आएको यो फैसला दुखद उपहार बनेको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजालसमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधानमल्ल, तेजबहादुर केसीको इजलासले विघटनलाई [विस्तृतमा...]