ntc

ओली पक्षको निष्कर्षः माथिल्लो तहका नेता मात्र प्रचण्ड–माधव खेमामा, कार्यकर्ता आफ्नैमा !

        #केपीशर्माओली   |   64 Views   |   Published Date : 15th January 2021 |

माघ २,काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली पक्षले निर्वाचन केन्द्रित माहोल बनाएर जानुपर्नेमा जोड दिएको छ। आहिलेसम्म आफ्नो पक्षमा आधारभूत तहमै सोचिएभन्दा राम्रो हुँदै गाएको सो समूहको विश्लेषण छ। बालुवाटारमा बसेको समूहको सथायी समिति बैठकमा प्रतिनिधिसभा विघटनपछि आफ्नो पक्षमा देशव्यापी रुपमा भएका संगठन सुदृढीकरण र जनसभाबारे समीक्षा भएको नेता केशव बडालले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म यो बीच भएका वस्तुस्थितिबारे ब्रिफिङ गरेका थिए। त्यस्तै, सदस्यहरुले पनि आ–आफ्नो ब्रिफिङ गरेका थिए। बैठकले माथिल्लो तहका नेता मात्र दाहाल–नेपाल खेमामा गएकाले सगठनात्मक क्षेत्रमा खास ठूलो क्षति नपुगेको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री ओलीले सबै नेता कार्यकर्तालाई निर्वाचन कार्यक्रम र कार्ययोजना बनाउन निर्देशन गरेका छन्। संगठनात्मक अभियान आक्रामक बनाउने र चुनावी अभियान चलाउने गरी मेची महाकाली आधार तयार पारेर अगाडि बढ्न उनले सुझाव दिएका छन् ।

अन्नपूर्णपोष्टदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।