ntc

सरकार विरुद्ध सडकमै सुतेर युवाहरुले गरे प्रदर्शन (फोटो/भिडियो)

        #विरोधप्रदर्शन   |   885 Views   |   Published Date : 20th June 2020 |

असार ६,काठमाडौं। काठमाडौँको शहिदगेटमा युवाहरुले सरकार विरुद्ध सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन्। युवाहरुले शनिबार बिहान काठमाडौँको शहीद गेटमा सुतेर विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारको कमजोर प्रयास, विभिन्न क्षेत्रमा भएका भ्रष्टाचार तथा सरकारले त्यसप्रति गरेको अनदेखीको विरोधमा प्लेकार्ड सहित सडकमा सुतेर विरोध प्रदर्शन गरेका थिए।

राष्ट्रियसभामा सम्बोधन गर्ने क्रममा कोरोना भाइरसलाई सामान्य भन्दै बेसार पानी खाए हुने प्रधानमन्त्री ओलीको भनाईको पनि उनीहरुले आलोचना गर्दै प्लेकार्ड बोकेका थिए ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।