ntc

कस्तो छ भुल्केको अवस्था ?

        #भुल्के   |   46 Views   |   Published Date : 22nd May 2020 |

जेठ ९,काठमाडौ। घरको आँगनभन्दा बाहिर निस्किन नपाएको राजन राउतलाई ३५ दिन भयो। कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमणका कारण स्थानीय प्रशासनले पूरै गाउँ सिल गरेपछि चारैतिर सुरक्षाकर्मी छन्। आफ्नै सुरक्षाका लागि भए पनि बन्दाबन्दी अब कठिन हुँदै गएको उनी बताउँछन्।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ३ भुल्के गाउँका ५० वर्षीय राउतले यसरी कुँजिएर घरभित्रै बस्नु निकै ठूलो सास्ती खेप्नु जस्तै भएको बताए। नेपालमा पहिलोपल्ट २४ जना कोरोना भाइरसबाट सङ्क्रमित पुष्टि भएको भुल्के गाउँको जनजीवन बिस्तारै खुुकुलो हुने विश्वास पलाएको स्थानीयवासीको भनाइ छ। उनले अब परीक्षण नतिजाको प्रतीक्षा रहेको जानकारी दिए ।गत वैशाख ५ गते यहाँको नुरी मस्जिदमा बस्दै आएका १२ मुस्लिम धर्म प्रचारक (जमाती) मा कोरोना भाइरस सङ्क्रमण भएको पाइएपछि स्थानीय प्रशासनले पूरै गाउँ सिल ग¥यो । सङ्क्रमण फैलिन नदिन कडा सुरक्षा घेरामा स्थानीयवासीलाई आ–आफ्नै घरआँगनमा मात्र सीमित राखेको छ। बन्दाबन्दीको कडाइका साथ परिपालना गरिएको छ ।

स्थानीयवासी गत चैत ११ गतेबाट गरिएको बन्दाबन्दीबाट घरभित्रै उकुसमुकुस भएर बसिरहेका थिए । बन्दाबन्दीको प्रभावकारी परिपालना सुरुका दिनमा नदेखिएको स्थानीयवासीको भनाइ छ । एकाएक आफ्नै टोलमा ठूलो सङ्ख्यामा कोरोना पोजेटिभ देखिएपछि भने भुल्के त्रस्त भयो । कोरोनाबाट ज्यानै पो जान्छ कि भन्ने आशङ्का उत्पन्न भयो । स्थानीयवासी चक्रपाणि पोखरेल अब बाँचिँदैन कि जस्तो हुन थालेको थियो भनेर बताउँछन्।

विभिन्न अडकलबाजी गर्नेले चिन्ता अझ बढेको भन्दै पोखरेल सामाजिक सञ्जालमा त भुल्के बम नै भयो तर अब बिस्तारै कुरा बुझ्न थालियो । आफैसचेत हुनुपर्ने रहेछ भन्ने चेत आएको छ। अब त कोरोनाभन्दा खेतीपातीको चिन्ता लागेको बताउँछन्। स्थानीय अनिश मियाँले कतिपयले जात र धर्म जोडेर गाउँमा कोरोना भित्र्यायो भन्ने प्रचार गरेका र त्यसबाट आफूहरू झनै चिन्तित बनेकोमा अहिले त्यस्तो स्थिति छैन । सामाजिक सद्भाव खलबलिन नदिन सबै पक्षको उचित सहयोग भएकाले भुल्केको सामाजिक जीवन क्रमशः सामान्य हुँदै गएको बताए ।

गोरखापत्रदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।