ntc

नीति तथा कार्यक्रम प्रस्तुतका लागि राष्ट्रपति तथा सांसदहरु यसरी पुगे संसद भवन (फोटोफिचर)

        #नीतितथाकार्यक्रम   |   130 Views   |   Published Date : 15th May 2020 |

जेठ २, काठमाडौं। सरकारको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति भण्डारीलाई सरकारको नीति तथा कार्यक्रम हस्तान्तरण गरेका थिए।

सरकारले यही नीति तथा कार्यक्रमका आधारमा यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउने छ। बैठकमा उपराष्ट्रपति नन्दबहादुर पुन पनि उपस्थित छन्। कोरोना भाइरसको महामारीका कारण यस पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्दा संसदमा दूरी कायम गरेर सिट व्यवस्थापन गरिएको छ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।