ntc

बलिउड अभिनेता ऋषि कपूरको निधन

        #ऋषिकपूर   |   157 Views   |   Published Date : 30th April 2020 |

बैशाख १८,काठमाडौं। बलिउडका चर्चीत अभिनेता ऋषि कपूरको निधन भएको छ। उनको ६७ वर्षको उमेर बिहीबार बिहान निधन भएको हो। यसअघि बुधबार मात्रै अभिनेता इरफान खानको निधन भएको थियो। बलिउडले लगातार दुई हस्ती गुमाएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो। ऋषि कपूरका दाइ रणधीर कपूरले उनको निधनको पुष्टि गरेका हुन्।

उनी क्यान्सर रोगबाट पीडित थिए। कपूर गएको सेप्टेम्बरमा अमेरिकामा क्यान्सरको उपचार गराएर फर्किएका थिए । उनी क्यान्सरको उपचारका लागि अमेरिकामा एक वर्ष बसेका थिए। गएको फेब्रुअरीमा उनको स्वास्थ्यमा पुनः समस्या देखिएको थियो। क्यान्सरसँग जुधिरहेका उनलाई स्वासप्रस्वासमा पनि समस्या भएकाले मंगलबार अस्पताल भर्ना गरिएको दाइ रणधीरले बताएका थिए।

ऋषि कपूरले सन् १९७३ मा बबी चलचित्रबाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए। उनले बालकलाकारका रुपमा श्री ४२० र मेरा नाम जोकर चलचित्रमा काम गरेका थिए। ऋषि कपूरका छोरा रणवीर कपूर बलिउडका हालका स्टार अभिनेता हुन्। उनको निधनप्रति गम्भीर दुःख व्यक्त गर्दै अभिनेता अमिताभ बच्चनले आफू ‘क्षतविक्षत’ भएको उल्लेख गरेका छन्। बच्चनले ट्वीट गरेका छन्, ‘उनी गए‘ऋषि कपूर‘गए‘भर्खरै बिदा भए। म खण्डित भएँ ।’

अस्पतामा अन्तिम सास लिँदै गर्दा उनको वरिपरी श्रीमती नीतु कपूर तथा छोरा रणवीर र छोरी रिद्धिमासहित परिवारका सदस्य रहेको जनाइएको छ। उनको अन्तिम चलचित्र इमरान हाशमीसँगको द बडी हो। उनी अभिनेत्री दीपिका पादुकोणसँग उनी हलिउड चलचित्र द इन्टर्नको हिन्दी रिमेकमा काम गर्ने तयारी थिए।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।