ntc

हरियो तरकारीको अभाव

        #तरकारी   |   88 Views   |   Published Date : 6th April 2020 |

चैत २४,काठमाडौं। लकडाउनका कारण कर्णालीका बजारमा हरियो तरकारी पाउन छाडेको छ। स्वास्थ्यका दृष्टिकोणले हरियो तरकारी आवश्यक पर्दछ तर यस्तो अवस्थामा त्यस्ता तरकारी खोज्ने अवस्था पनि छैन। घरमै खेती गरेकाहरूले भने जेनतेन हरियो तरकारी खान पाइरहेका छन् ।

तरकारी आउँदैन

अधिकांश बासिन्दाले तरकारी खान छोडेका छन्।। हवाई यातायातबाट नेपालगन्ज र सुर्खेतबाट भित्रिने तरकारी आउन छाडेको छ भने स्थानीय बजारमा तरकारी नपाउँदा हुम्लावासीले तरकारी खान छोडेका छन्।

तरकारी हारालुछ

लकडाउन भएसँगै जाजरकोट बजारमा हरियो तरकारीको अभाव भएको छ। किसानले उत्पादन गरेका तरकारी बजारसम्म लैजान नपाए पनि गाउँघरमै बिक्री गर्ने गरेका छन् ।

काम चलाइँदै छ

स्थानीय बासिन्दाले आफ्नै बारीको हरियो तरकारीको उत्पादनमा जोड दिन थालेका छन् । डोकोमा तरकारी ल्याउने किसानहरू अहिले मर्कामा परेका छन्। अहिले जौ र गहुँसँगै हुने सुवाले नामक सागबाट काम चलाउने गरिएको छ ।

गोरखापत्रदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।