ntc

कोरोना नियन्त्रणका गर्न सरकारले अहिलेसम्म कति खर्चियो ?

        #कोरोनाभाइरस   |   108 Views   |   Published Date : 1st April 2020 |

चैत १९,काठमाडौं। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि अर्थ मन्त्रालयले हालसम्म डेढ अर्ब रुपैयाँ बजेट निकासा गरेको छ। स्वास्थ्य मन्त्रालयलाई ५ करोड रुपैयाँ बजेट रकमान्तरको अनुमति दिएको अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख धनीराम शर्माले जानकारी दिए। ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न ५० करोड निकासा भएको छ ।

उनले भने, ‘चीनको वुहानबाट १ सय ७४ नागरिकलाई उद्धार गर्दा १३ करोड रुपैयाँ खर्च भएको छ ।’ यस आधारमा हालसम्म १ अर्ब ४ करोड रुपैयाँ अर्थले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारका लागि निकासा दिएको हो । यो बजेटमध्ये वुहानबाट उद्धार गर्दाको १३ करोड रुपैयाँ भने पूरै खर्च भइसकेको पनि अर्थले जनाएको छ ।

राजधानीदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।