ntc

ग्यास आपूर्ति सहज

        #ग्यास   |   110 Views   |   Published Date : 24th March 2020 |

चैत ११,काठमाडौं। कोरोना त्रासले खल्बलियो एल.पी. ग्यास वितरण प्रणाली सहज हुन थालेको छ। बजारमा ग्यास अभाव हुन सक्ने भन्दै उपभोक्ताले ग्यास सिलिन्डर मौज्दात राख्न थालेपछि दुई हप्तादेखि बजारमा ग्यास सहज थिएन।

मागभन्दा बढी आपूर्ति हुँदा पनि बजारमा अभाव देखिएको थियो तर नेपाल ग्यास उद्योग सङ्घ र नेपाल आयल निगमले उपत्यकाका विभिन्न स्थानमा रिटेल आउटलेट अर्थात् रिटेल काउन्टर सञ्चालन गरेपछि सहज बन्दै गएको हो। आइतबारदेखि रिटेल आउटलेटबाट ग्यास वितरण गरेपछि उपभोक्ताले सहज ग्यास पाएका हुन्। सोमबार अनामनगरमा वितरण गरिएको नेपाल ग्यास सहज वितरण भएको छ। नेपाल ग्यासको सिलिन्डर लिएर आउने सबैले ग्यास पाएका छन्। करिब दुई घण्टा मात्रै लाइन बस्नु परेको लाइनमा सहभागी वसन्ता कार्कीले बताए । उपत्यकामा २२ स्थानबाट विभिन्न ग्यास वितरण भएको छ।

रिटेल आउटलेटबाट करिब ३५० सिलिन्डर दैनिक वितरण गरिएको छ। व्यवस्थित लाइन र ग्यास लिने उपभोक्ताको परिचय खुल्ने विवरण राखिएको छ । वितरणका बेला सबै उपभोक्तासँग परिचय खुल्ने कागजात मागिएको थियो। परिचयपत्रबिना ग्यास वितरण गरिएको छैन । कसले ग्यास लग्यो, कति लग्यो र कति बिक्री भयो भन्ने तथ्याङ्कका लागि मात्र नभई समानुपातिक वितरणका लागि तथ्याङ्क राखिएको, नेपाल ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए ।

गोरखापत्रदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।