ntc

फ्रान्सबाट कतार हुँदै नेपाल आएको एकजनामा कोरोना भाइरसको संक्रमण देखियो

        #कोरोनाभाइरस   |   62 Views   |   Published Date : 23rd March 2020 |

चैत्र १०,काठमाडौं। नेपालमा एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको सरकारले बताए  छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी ती युवतीको टेकु अस्पतालमा परीक्षण गरिएको थियो। परीक्षणको रिपोर्ट आइतबार आएकोमा उनमा कोरोना देखिएको देवकोटाले बताए । उनी नेपाल आएपछि ‘होम क्वारेन्टाइन’ मा बसेकी थिइन्। तर कोरोना भाइरसको संक्रमणको आशंका लागेपछि उनी टेकु अस्पताल आएकी थिइन्। संक्रमित युवतीलाई टेकु अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको उनले जानकारी दिए। ती युवतीको सम्पर्कमा आएका सबैलाई क्वारेन्टाइनमा राखिएको उनले बताए। उनीसँगै विमानमा आएकाहरुलाई खोजेर व्यवस्थित गर्ने प्रक्रिया सुरु भएको सरकारले बताएको छ।

फ्रान्समा अध्ययनका लागि गएकी १९ वर्षकी ती युवतीमा कोरोना भाइरसको संक्रमण देखिएको हो। उनी चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएकी थिइन्। यसअघि चीनबाट स्वदेश आएका एक नेपालीमा कोरोना संक्रमण देखिएको थियो। उनी उपचारपछि निको भइसकेका छन्।

पत्रकार सम्मेलनमा मन्त्री ढकाल तथा मन्त्रालयका प्रवक्ता डा। देवकोटाले तत्कालका लागि अस्पतालका सबै सेवाहरु कोरोना भाइरसविरुद्ध केन्द्रित गर्ने निर्णय भएको जानकारी दिए । नियमित फलोअपमा नआउँदा असर नपर्ने बिरामीहरुलाई तत्काल अस्पताल नआउन मन्त्रालयले आग्रह गरेको छ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।