ntc

काठमाडौँमा कोरोना फैलिएको भन्दै झुटो प्रचार गर्ने युवक पक्राउ

        #विवेकथापामगर #सामाजिकसञ्‍जाल   |   139 Views   |   Published Date : 21st March 2020 |

चैत ८,काठमाडौं। प्रहरीले कोरोना भाइरस ‘कोभिड १९’ काठमाडौँमा फैलिएको भन्दै अफवाहपूर्ण अडियो क्लिप सामाजिक सञ्‍जालमा भाइरल बनाउने युवकलाई पक्राउ गरेको छ।

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई अफवाहपूर्ण सूचना रेकर्ड गरी सामाजिक सञ्‍जालमा फैलाएको आरोपमा प्रहरीको साइबर ब्युरोले शनिबार पक्राउ गरेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले जानकारी दिए। काठमाडौँको एक अस्पतालमा कोरोना भाइरस संक्रमणका बिरामी भेटिएको भन्दै उनले अफवाहपूर्ण अडियो सामाजिक सञ्जालमा भाइरल बनाएका थिए।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।