ntc

अनुगमन र कारबाही सुरू भएपछि सबै पेट्रोल पम्प खुले

        #पेट्रोल   |   74 Views   |   Published Date : 19th March 2020 |

चैत ६,काठमाडौं। कोरोनो भाइरसको त्रास देखाएर बजारमा व्यापारीको लापरबाही बढेपछि उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले पेट्रोल पम्पको अनुगमन गरेका छन्। बुधबार बिहान मन्त्रीले पम्प अनुगमन गरेपछि दिउँसो पेट्रोल पम्पमा लाइन न्यून देखिएको छ।

उपत्यकाका सबै पम्पले पेट्रोलियम पदार्थ बिक्री गरेपछि उपभोक्ता लामो लाइन बस्नु परेन। बुधबार सामान्य लाइन भएको र लामो लाइन हटिसकेको नेपाल आयल निगमले जनाएको छ। बिहीबार पूर्ण रूपमै लाइन हट्ने निगमको दाबी छ। गएको आइतबारदेखि पम्पहरूमा पेट्रोल र डिजेल भर्नेको लामो लाइन देखिएको थियो तर बुधबार भने लाइन घटेको छ। सरकारले पम्पहरूलाई कारबाही गर्न थालेपछि बुधबार सबै पम्पले बिक्री गरेका छन्।

गोरखापत्रदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।