ntc

सेनाको मुख्यालयमा कोरोना रोकथामका लागि पूर्वाभ्यास (फोटो/भिडियो)

        #कोरोना   |   281 Views   |   Published Date : 18th March 2020 |

चैत ५,काठमाडौं। चीनबाट सुरु भएर अन्तर्राष्ट्रिय रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न नेपाली सेनाले आन्तरिक तयारी सुरु गरेको छ। भद्रकालीमा रहेको नेपाली सेनाको मुख्यालयमा कोरोना रोकथामका लागि विभिन्न स्थानमा तैनाथ आफ्ना सैनिकलाई क्षमतायुक्त बनाउन सेनाले तयारी थालेको हो।

यसका लागि सेनाले मुख्यालयमा टेन्टहरु बनाएको छ। नेपाली सेनाका ५० जना मेडिकल क्षेत्रका र आइसोलेसनमा आवश्यक पर्ने विभिन्न जनशक्ति समेटेर कसरी वार्ड तयार पार्न सकिन्छ भनेर सेनाले पूर्वअभ्यास गरेको हो। देशभरका १ सय ८१ जना प्राविधिकलाई सेनाले छनौट गरेर उनीहरुलाई अभ्यास प्रदान गरेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए।

क्वारेन्टाइन जुनसुकै समयमा बनाउनुपर्ने भएकाले कोरोनाको उच्च जोखिमपूर्ण अवस्था हेरेर सेनाले पूर्व तयारी थालेको हो। तालिमप्राप्त सैनिक जनशक्तिले आवश्यकताअनुसार देशभरका विभिन्न स्थानमा त्यस्ता आइसोलेसन वार्ड तथा क्वारेन्टाइन क्याम्पहरु निर्माण गर्न सक्नेछन्।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।