ntc

राजधानीका दुई स्थानबाट १० लाखभन्दा बढी मास्क बरामद

        #मास्क   |   69 Views   |   Published Date : 16th March 2020 |

चैत ३,काठमाडौं। कोरोना भाइरसको विश्वव्यापी संक्रमणसँगै बजारमा मास्कको अभाव सृजना भइरहेका बेला राजधानीका दुई स्थानबाट १० लाखभन्दा बढी मास्क बरामद भएका छन्। मास्कको क्रितिम अभाव सृजना गरेर कालो बजारी गदैृ गर्दा मास्क प्रहरीले बरामद गरेको हो ।

प्रहरीले गोदाममै छापा मारेर ८ लाख ४० हजार मास्क बरामद गरेको छ। राजधानीको सतुंगलमा आरडिजी इन्टरनेसनल नामक सप्लाई कम्पनीले गोदाममा राखेको उक्त परिमाणको मास्क बरामद गरेको हो। राजधानीको कपनबाट एक लाख ६८ हजार मास्कसहित पक्राउ परेका दुई जनाको बयानलाई पछ्याउँदै प्रहरी गोदाममा पुगेको थियो। प्रहरीले आफु ग्राहक बनेर ती व्यक्तिसम्म पुगेको थियो।

प्रहरीले यस घटनामा पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुंगाका ३० वर्षीय टेकराम श्रेष्ठ, बाराका ३४ वर्षीय सन्जय रेग्मी, चितवनका २६ वर्षीय अजिम बक्स मिया र आरडिजी इन्टरनेसनलका सन्चालकद्धय २३ वर्षीय सुरज गोयल र ३७ वर्षीय सुबास महेश्वरी छन्।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।