ntc

पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट

        #गोकुलबाँस्कोटा #बमविष्फोट   |   136 Views   |   Published Date : 11th March 2020 |

फागुन २८,काठमाडौं। पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको घरमा बम विष्फोट भएको छ। बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुगेको छ। छिमेकीको घरमा समेत बमले क्षति पुर्याएको छ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार, मनहरा फाँटस्थित बास्कोटाको निर्माणाधीन घरमा बुधबार बिहान ७:४५ बजे बम विष्फोट भएको हो। विस्फोटका बेला बास्कोटा भने निवासमा थिएनन्। उनी मन्त्री भएदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निजी निवासमा बस्दै आएका छन्।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान नेतृत्वको टोली पुगेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे कमिसन डिल गरेको भनिएको अडियो सार्वजनिक भएपछि बास्कोटाले सञ्चार मन्त्रीबाट राजीनामा दिएका थिए ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।