ntc

चीनमै रोकिए ३०० भन्दा बढी कन्टेनर

        #चीन   |   142 Views   |   Published Date : 4th February 2020 |

माघ २१, काठमाडौँ। कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि नेपाल–चीन सिमानामा आवागमनमा रोक लगाइँदा नेपाली व्यापारीका ३०० भन्दा बढी कन्टेनरहरू रोकिएका छन् । नेपाल–हिमालय सीमापार वाणिज्य संघका अनुसार चीनको केरुङ र खासामा यी कन्टेनर रोकिएका हुन् ।

चीनमा रोकिएका ती कन्टेनरमा रू. ३ अर्बभन्दा बढीका वस्तु तथा सामग्री रहेको संघका अध्यक्ष बच्चु पौडेलले बताए। सरकारले रसुवाको रसुवागढी नाका र सिन्धुपाल्चोकको तातोपानी नाका माघ १५–३० सम्म १५ दिनका लागि बन्द गरेको छ। चीनसँग व्यापार-व्यवसाय गर्दै आएका नेपालका व्यवसायीहरू अहिले रोकिएका कन्टेनरहरू कुर्दै सीमावार बसेका छन् । ‘६ फेब्रुअरी (माघ २३) सम्म चीनमा अड्किएका सामग्रीहरू आयात खुला हुने जानकारी आएको भए पनि तत्कालको अवस्था हेर्दा यो समय लम्बिन सक्छ,’ पौडेलले बताए ।

आर्थिकअभियानदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।