ntc

माइतिघरमा नेविसंघको नारा,‘ब्याक अफ इन्डिया–चाइना’ (फोटो/भिडियो)

          |   1577 Views   |   Published Date : 17th November 2019 |

मंसिर १,काठमाडौं। नेपाली कांग्रेस निकट विद्यार्थी नेविसंघले ‘ब्याक अफ इन्डिया’ सहितका नारा लगाउँदै प्रदर्शन गरेका छन्। भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको कालापानी, लिपुलेक तथा लिम्पियाधुरा राखेको विरोधमा लगातार प्रदर्शन हुँदै आएको छ।

सोही क्रममा नेविसंघले आइतबार दिउँसो काठमाडौको माइतिघरमा प्रदर्शन गरेको हो। प्रदर्शनकारीले ‘ब्याक अफ इन्डिया–चाइना’ लेखिएको व्यानर पनि बोकेका थिए। उनीहरुले चीनले पनि नेपाली भूमि मिचेकाले त्यसको पनि विरोध गरेका हुन्। विरोध प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप समेत भएको थियो।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।