ntc

बंगलादेशका राष्ट्रपति नेपाल आइपुगे,राष्ट्रपति भण्डारीले गरिन् स्वागत

        #मोहम्मद अब्दुल हमिद   |   205 Views   |   Published Date : 12th November 2019 |

कात्तिक २६,काठमाडौं। बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल आइपुगेका छन्। चार दिवसीय भ्रमणका लागि उनी नेपाल आएका हुन् । चार दिवसीय भ्रमणका लागि नेपाल आइपुगेका हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरिन्।

परराष्ट्र मन्त्रालयले जारी गरेको भ्रमण तालिका अनुसार हमिदले आजै भक्तपुर क्षेत्रको भ्रमणमा जाने कार्यक्रम छ भने भोलि राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग भेटवार्ता गर्नेछन् । भोलि नै उनको सम्मानमा राष्ट्रपतिले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ। उनी बिहीबार सेनाको हेलिकोप्टरबाट पोखरा जानेछन् र त्यहाँ फेवाताल पनि जाने कार्यक्रम छ। बिहीबार काठमाडौँ फर्कने उनी शुक्रबार अपरान्ह ४ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।