ntc

हतारमा थिएनन् सी, पटक–पटक हात उठाउँदै बाई–बाई गरिरहे

        #सी चिनफिङ   |   249 Views   |   Published Date : 14th October 2019 |

असोज २७,काठमाडौं। नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी चिनफिङ आइतबार दिउँसो स्वदेश फर्केका छन् ।

बिदाइ समारोहमा सी हतारमा थिएनन्। प्रस्थान गर्नुअघि आफूलाई बिदाइ गर्न गएकी समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँगै सीले नेपाली सुरक्षा तथा अन्य निकायका प्रमुख, उनको सम्मानमा प्रदर्शित झाँकीका सहभागी र बिदाइमा उपस्थित बालबालिका सबैलाई समय दिए। लाग्थ्यो उनलाई कुनै हतारो थिएन र उनी सबैसँग संवाद गर्न चाहन्थे।

स्कुलका बालबालिकाले गरेको बिदाइलाई चासो दिँदै सीले रोकिएर आफ्नो प्रतिक्रिया दिए। जाने क्रममा सीले पटक–पटक हात उठाउँदै बाई–बाई गरेका थिए।

कान्तिपुरदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।