ntc

महरा सभामुख निवासबाटै पक्राउ

        #कृष्णबहादुर महरा पक्राउ   |   61 Views   |   Published Date : 6th October 2019 |

असोज १९,काठमाडौं। बलात्कार प्रयासको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। प्रहरीले उनलाई आइतबार बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको हो। प्रहरीले पक्राउ गरी आइतबार बेलुका सवा ६ बजे रातो रंगको गाडीमा लगेको हो।

सभामुख निवास बाहिर ठूलो संख्यामा प्रहरी तैनाथ गरी त्यसको केही बेरमा उनलाई गाडीमा राखेर प्रहरीले लगेको हो। प्रहरीले उनलाई बा १८ च ४०० नम्बरको गाडीमा राखेर लगेको हो। गरी सिंहदरबार प्रहरी वृत्तमा लगिएको हो। महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाट आइतबार बेलुका सवा ६ बजे पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तमा लगिएको हो। महराविरुद्ध बलात्कार आरोपमा प्रहरी वृत्त बानेश्वरमा उजुरी दर्ता भएपनि सुरक्षाका कारण सिंहदरबार प्रहरी बिटमा राखिएको जनाइएको छ।

महरालाई पक्राउ गर्नका लागि आइतबार अपराहन्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको थियो। त्यसलगत्तै प्रहरीले महरालाई उनकै निवासमा नियन्त्रणमा राखेको थियो।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।