ntc

वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन

        #सुभद्राअधिकारी   |   109 Views   |   Published Date : 17th August 2019 |

साउन ३२काठमाडौं। वरिष्ठ कलाकार सुभद्रा अधिकारीको निधन भएको छ । विक्रम सम्वत् २००३ सालमा काठमाडौँको असनमा जन्मेकी अधिकारीले कलाकारितामा नै आफ्नो जीवन अर्पण गरेकी थिइन् । थुप्रै चर्चित नेपाली चलचित्रहरुमा अभिनय गरेकी अधिकारीको शनिबार निधन भएको हो ।

उनले पाँच वर्षको उमेरमै सरस्वती सदन ९क्याम्पस० मा शास्त्रीय नृत्य गरेकी थिइन् । ६ वर्षको उमेरमा नेवारी नाटक ‘कचिमचा’ ९काँचो माटो० बाट उनको अभिनय यात्रा सुरु भएको थियो । उनका श्रीमान् नाट्य कलाकार कृष्ण अधिकारीको यसअघि नै निधन भइसकेको छ ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।