ntc

मध्यराति चितवन पुर्‍याइयो रवि लामिछानेसहित तिनैजनालाई

        #रविलामिछाने   |   41 Views   |   Published Date : 16th August 2019 |

साउन ३१,काठमाडौं। पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणको छानबिनका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई चितवन पुर्‍याइएको छ । बिहीबार अबेर साँझ पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र बिहीबार बिहान पक्राउ परेकी अस्मिता कार्कीलाई बिहीबार मध्यराति जिल्ला प्रहरी कार्यालय चितवन पुर्‍याइएको हो।

हाल तिनैजना जिप्रका चितवनको हिरासतमा छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लैजानुअघि भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पुडासैनीले आत्महत्याअघि रेकर्ड गरेको भिडियोमा आफूलाई रवि, युवराज र अस्मिताले मर्न बाध्य पारेको आरोप लगाएका छन्।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।