ntc

पत्रकार रवि लामिछाने पक्राउ

        #रवि लामिछाने   |   106 Views   |   Published Date : 15th August 2019 |

साउन ३०,काठमाडौं। चितवनमा केही दिनअघि आत्महत्या गरेको भनिएका पत्रकार शालिकराम पुडासैनी प्रकरणमा पत्रकार रवि लामिछाने बिहीबार पक्राउ परेका छन्। प्रहरीले पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ ।

उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो । यसको केही घण्टा अघिमात्रै प्रहरीले कलंकीबाट नर्स अस्मिता कार्कीलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।