ntc

‘जाइरा’को आइटम गीत रिलीज (भिडियो)

        #जाइरा   |   97 Views   |   Published Date : 26th July 2019 |

साउन १०,काठमाडौं। भाद्र ६ गते रिलीज हुने नेपाली चलचित्र ‘जाइरा’को आइटम गीत रिलीज भएको छ। शुक्रबार इन्टरनेटमा रिलीज ‘यो मात चढेको साँझ’ बोलको गीतमा मीना निरौलाको स्वर रहेको छ । यो गीत पुरानो चलचित्र ‘मनको बाँध’मा रहेको गीतको रिमेक हो। उक्त चलचित्रमा रहेको गीतमा मिरा राणाको स्वर रहेको थियो ।

यस गीतमा बरिष्ठ गीतकार किरण खरेलले शब्द दिनुभएको छ भने शिव शंकरको संगीत रहेको छ। ‘जाइरा’को लागि रिमेक गरिएको गीतमा फिरोज बज्राचार्य र डिजे राजुले रि‍एरेञ्ज गरेका छन्। शाहि नेपाल चलचित्र संस्थानद्वारा  निर्मित तथा प्रकाश थापा निर्देशित ‘मनको बाँध’ सन् १९७४ मा रिलीज भएको थियो ।
‘यो मात चढेको साँझ’मा तनुजा गुरुङ्गले दमदार नृत्य गरेकी छन्। कोरियोग्राफर गोबिन्द राई हुन्। तनुजालाई अडिसन मार्फत यो गीतमा नृत्यको लागि छनौट गरिएको थियो । ‘जाइरा’मा नायिका नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा छिन्। पर्दामा प्रायः लभर गर्लको भूमिकामा प्रस्तुत हुँदै आएकी श्रेष्ठले यस चलचित्रमा भने आफुलाई एक्सन प्रधान देखाएकी छन्। यो चलचित्रलाई आशुतोष राज श्रेष्ठले निर्देशन गरेका हुन्।

चलचित्रमा नम्रताको साथमा अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरले शिर्ष भूमिकामा अभिनय गरेका छन्। पटकथाको काम निर्देशक श्रेष्ठ र निरोज महर्जनले सम्हालेका छन्। कटामरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्र नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको ब्यानरमा प्रस्तुत भएको हो। प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको यो चलचित्रलाई बाबु श्रेष्ठले छायांकन तथा लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।