ntc

नेकपामा प्रमुख बन्न कुदाकुद

        #प्रचण्ड   |   36 Views   |   Published Date : 18th July 2019 |

साउन २,काठमाडौं। पार्टी एकीकरण भएको १४ महिनापछि पार्टी एकीकरणको काम सम्पन्न गर्ने सहमति जुटेसँगै विभाग र संगठन विभागको प्रमुख बन्ने दौड नेकपाभित्र सुरु भएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार केन्द्रीय सदस्यहरुको कार्य विभाजन र विभागमा सहमति जुटेको हो। यस सहमतिसँगै पार्टी एकताको कामले पूर्णता पाउने भएको छ।

पार्टी्भित्र सबैभन्दा शक्तिशाली मानिएको संगठन विभागको प्रमुख कसलाई बनाउने भन्ने विषय सर्वा्धिक चर्चामा छ। संगठन विभागको प्रमुखमा सचिवालय सदस्य वामदेव गौतमले दावी गर्दै आएका छन्। पछिल्लो समयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीप्रति असन्तुष्ट रहेका गौतमलाई प्रचण्डले साथ दिएका छन् ।

संगठन विभागको प्रमुखमा सचिवालय सदस्य रामबहादुर थापा र सचिवालय सदस्य ईश्वर पोखरेल पनि दौडमा रहेका छन् । तर शीर्ष नेताहरुबीच गौतमलाई संगठन विभागको प्रमुख बनाउने सहमति जुटेको बताइएको छ ।

नेपालसमाचारपत्रदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।