ntc

राम मन्दिरको जग्गाः थियो तीन सय ७३, छ तीन रोपनी

        #जग्गा   |   99 Views   |   Published Date : 18th July 2019 |

साउन २,काठमाडौं। गौशालास्थित राम मन्दिरको ३ सय ७० रोपनी जग्गा गायब पारिएको छ। कमान्डिङ कर्नेल श्रीसनकसिंह टण्डनले १९२८ सालमा राम मन्दिर निर्माण गरी ३ सय ७३ रोपनी ८ आना ३ पैसा जग्गा गुठी राखिदिएका थिए। अहिले मन्दिर परिसरले चर्चेको ३ रोपनी ४ आना जग्गा मात्र छ।

नाङ्लेभारे, लप्सीफेदी र साँखुमा मन्दिरका नाममा रहेको जग्गा सबै मोहीकै नियन्त्रणमा छ। जग्गाको खासै आयस्ता पनि आउँदैन। वर्षको २ देखि ३ लाखसम्मको बाली आउने गरेके रामचन्द्र मन्दिर गुठीका सदस्यसचिव केशवध्वज राणाले जानकारी दिए। ‘सबै जग्गा मोहीले कमाएका छन्,’उनले भने, ‘बाली भन्दै कसैले अलिअलि बुझाउँछन्।’निजी गुठीबाट सञ्चालन भएको मन्दिर भए पनि जग्गा कहाँ कति छ भन्ने यथार्थ विवरण गुठीसँग छैन।

अन्नपूर्णपोस्टदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।