साउदी जेलमा रहेका चौधरीको रिहाईको लागि ३८ लाख १५ हजार ‘ब्लड मनी’ हस्तान्तरण
असार १८काठमाडौं। विगत ३० महिनादेखि साउदी अरेबियाकोे जेलमा रहेका चितवन खैरहनी नगरपालिका–१० गुठौलीका जलेश्वर चौधरीलाई रिहाई गर्नको लागि सामाजिक स्वयंमसेवक नेपाल मिसन चितवन र मिसन झापाको नेतृत्वमा संकलित ३८ लाख १५ हजार रकम पीडितका बुवा सुकरा महतोलाई हस्तान्तरण गरिएको छ ।
संस्थाद्वारा संकलन गरिएको उक्त‘ब्लड–मनी’साउदी सरकारलाई पठाउने तयारी भैसकेको संस्थाका उपाध्यक्ष सागर लामिछानेले बुधबार रिपोर्टर्स क्लब नेपालमा पीडित बुवालाई रकम हस्तान्तरण गर्दै बताएक हुन । गाडी चलाउने क्रममा साउदी नागरिकको मृत्यु भएपछि बिगत ३० महिनादेखि जेलमा रहेका चौधरीको रिहाईको पहल गर्न गैर–आवासीय नेपाली संघ साउदीबाट ४ लाख पचास हजार सहयोग गर्ने प्रतिवद्वता आएकोे र उक्त रकम साउदीबाट सिधै हस्तान्तरण हुने पनि लामिछाने जानकारी दिए । लामिछानेले बैदेशिक रोजगारीको सिलसिलामा विदेशि गएका नेपाली नागरिकहरुलाई परेको अप्ठ्यारोमा आफूहरुले सहयोग गर्दे आएको विश्वास दिलाए । बैदेशिक रोजगारीको नाममा ठगिएका तथा अलपत्रमा परेकाहरुको उद्वारकै निम्ति आफु इन्डोनेसियाको बालीसम्म पुगेकोे पनि उनले स्पष्ट पारे ।
उनले भने,‘योभन्दापहिला पनि राष्ट्र परिवर्तनको लाागी युवा अभियानहरु संचालन गर्दै भ्रष्ट्राचार,विकृति तथा विसंगतिका विरुद्व अभियान चलाउदै आएका छौं ।’ पीडितहरुको सहयोगार्थ आफुले सहयोक मुलक कार्यहरु गर्दे आएको उनको भनाई छ । लामिछानेले आफ्नो संस्थाले विभिन्न रोगबाट पीडितहरुको सहयोगार्थ रकम संकलन तथा विपन्न परिवारका विद्यार्थीहरुलाई निःशुल्क शिक्षाको लागि सहयोग गर्न पाउँदा आफुमा खुशी र थप हौसला प्रदान भएको बताए । ‘अहिले ब्लड मनिको सिकार बनेका चौधरी जी.आर. मेनपावरको गैरजिम्मेवारीपूर्ण कारणले जीवनमरणको दोसाँधमा पुगेका हुन ।’–उनको भनाई छ । उनले भने,‘साउदी सरकारले ब्लड मनीमा सहमती जनाउँदा पनि राजनैतिक तवरबाट आश्वासन बाहेक कुनै सहयोग नपाए पनि सहयोगीहातहरुले आज एक जना नेपालीको ज्यान बचाउने अभियानमा लागेक ाहौ ।’
Leave a comment