ntc

नेकपाकी सचेतक तथा सांसद शान्ता चौधरीको एसईई नतिजा ‘बी’, छोरीको ‘बी प्लस’

        #शान्ता चौधरी   |   121 Views   |   Published Date : 27th June 2019 |

असार १२,काठमाडौं। नेकपाकी सचेतक तथा सांसद शान्ता चौधरीले एसईई परीक्षामा ‘बी’ ग्रेड ल्याएकी छिन्। बिहीबार सार्वजनिक भएको एसईईको नतिजामा उनले बी ग्रेड ल्याएकी हुन्। उनले दाङको तुलसीपुरस्थित तुलसीपुर माध्यामिक विद्यालयबाट परीक्षा दिएकी थिइन्। २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक पढाइ सुरु भएको थियो।

कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय गइनन्। उनी खुला विद्यालयमा भर्ना भएकी थिइन्। चौधरी २०६४ को पहिलो संविधानसभामा पनि तत्कालीन एमालेको कोटाबाट समानुपातिक सांसद बनेकी थिइन्।

यसैपटक एसईई परीक्षामा सहभागी भएकी उनकी १७ वर्षीया छोरी विनु चौधरीले बी प्लस ल्याएकी छिन्। छोरी विनुले बाल सिर्जनालय सेकेण्डेरी बोर्डिङ स्कूल बसुन्धरा, काठमाडौँबाट परीक्षा दिएकी थिइन्।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।