ntc

गुठी विधेयक फिर्ता होइन खारेज,माइतीघर मण्डलामा विशाल प्रदर्शन (फोटो/भिडियो)

        #गुठी   |   174 Views   |   Published Date : 19th June 2019 |

असार ४,काठमाडौं। सरकारले गुठी सम्बन्धी विधेयक फिर्ता लिए पनि आन्दोलन रोकिएको छैन। सरकारले गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि उपत्यकाका गुठियारहरुले आन्दोलन रोकेका छैनन्।

गुठी विधेयक फिर्ता लिएर मात्रै नपुग्ने भन्दै यसलाई खारेज नै गर्नुपर्ने माग राखेर राष्ट्रिय पहिचान संरक्षण संघर्ष समितिको आह्वानमा बुधबार काठमाडौँको माइतीघर मण्डलामा विशाल प्रदर्शन भएको छ। काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट र्‍यालीसहित जम्मा भएका आन्दोलनकारीले माइतीघरमा एकीकृत प्रदर्शन गरेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भूमिसुधार मन्त्री पद्मा अर्यालले मंगलबार गुठी विधेयक फिर्ता लिएकी थिइन्। आन्दोलनकारीले भने विधेयक फिर्ता मात्रै नभएर खारेज नै गर्नु पर्ने माग गरेका छन् ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।