ntc

परम्परागत बाजागाजासहित गुठी विधेयक विरुद्ध प्रदर्शन (फोटो/भिडियो)

        #आन्दोलन #गुठी   |   344 Views   |   Published Date : 15th June 2019 |

जेठ ३२,काठमाडौं। संसदमा सरकारले पेश गरेको गुठी विधेयक विरुद्ध राजधानीमा दिन प्रतिदिन आन्दोलन चर्कदै गएको छ। गुठी विधेयकको विरोधमा शनिबार साँझ काठमाडौँको यंगालमा विरोध प्रदर्शन गरिएको छ। गुठीयार तथा स्थानीयहरु परम्परागत बाजागाजासहित विरोधमा उत्रिएका थिए।

काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा हरेक दिन सरकारले ल्याएको गुठी विधेयक विरुद्ध प्रदर्शन हुँदै आएको छ। काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा भइरहेको विरोधमा मानिसहरु उल्लेख्य रुपमा सहभागी भइरहेका छन्।

गुठी विधेयक ल्याएर सरकारले सयौँ वर्षदेखि चलिआएको धर्म, सँस्कृत र परम्परा भत्काउन खोजेको भन्दै गुठीयारहरुले आन्दोलन तीब्र बनाउँदै लगेका हुन्। सरकारले गुठीयारलाई झुक्याएर विधेयक ल्याउन खोजेको भन्दै उनीहरुले विधेयक खारेजीको माग गर्दै आएका छन्।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।