ntc

आठौ राष्ट्रिय खेलकुदका विजयी खेलाडीहरुलाई प्रधानसेनापतिद्वारा पुरस्कार प्रदान

        #खेलकुद #पूर्णचन्द्र थापा   |   144 Views   |   Published Date : 31st May 2019 |

जेठ १७,काठमाडौं। चैत्र २७ गतेबाट २०७६ वैशाख ११ गतेसम्म राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा प्रदेश नं.५ को विभिन्नल स्थानहरुमा सम्पन्न भएको ‘आठौ राष्ट्रिय खेलकुद २०७५’ मा सहभागी भई विभिन्न पदक प्राप्त गर्न सफल त्रिभुवन आर्मी क्लबका खेलाडीहरुलाई आयोजित एक समारोहमा प्रधानसेनापति महारथी श्री पूर्णचन्द्र थापाले पुरस्कार वितरण गरेका छन्।

समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति थापाले नेपाली सेनाको राष्ट्रिय खेलकुदलाई सहयोग पुराउने एक महत्वपूर्ण जिम्मेवारी भएको बताए । पदक प्राप्तन गर्नु हुने सम्पूर्ण खेलाडीहरुलाई बधाई दिनुका साथै ‘स्वास्थ्यको लागि खेलकुद र राष्ट्रका लागि खेलकुदू’ भन्ने कुरालाई मनन् गर्दै राष्ट्रिय स्तरका खेलकुदमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरका खेलकुदहरुमा पदक जित्ने लक्ष्य राखी थप मेहनत र लगनसिलताका साथ अगाडि बढ्नु पर्ने कुरामा जोड दिए।

सोहि क्रममा विभिन्‍न साहसिक खेलकुदलाई एकत्रित गरी थप व्यवस्थित बनाउन नेपाली सेनाले Adventure Club को स्थापना गर्ने र Sports Company को सम्भाव्यता बारे अध्ययन गरी स्पष्ट रणनीति एवं कार्य योजना बनाई खेलकुदको विकास गर्न नेपाली सेनाको ‘Sports Vision 2030’ तयार गर्ने कार्य भईरहेको समेत जानकारी गराए। १४ दिनसम्म सञ्चालन भएको उक्त खेलकुद प्रतियोगितामा नेपाली सेनाका खेलाडीहरुले विभिन्नप विधामा गरी १४८ स्वर्ण, ८४ रजत र ७२ कास्य गरी जम्मा ३०४ पदक प्राप्‍त गरेका थिए ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।