ntc

पाँचथरमा ९ जनाको विभत्स हत्या

        #हत्या   |   103 Views   |   Published Date : 21st May 2019 |

जेठ ७,काठमाडौं। पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा ९ जनाको विभत्स हत्या गरिएको छ । हत्या गरिएको ९ जना दुई परिवारका थिए ।

सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको पाँचथर प्रहरीले जनाएको छ। धनराजको परिवारका पाँच जना र बमबहादुरको परिवारका चार जनाको हत्या भएको हो। हत्या भएकाहरुको शव विभत्स अवस्थामा घर बारिह र भित्र छरिएका छन् । घटनास्थलमा प्रहरीको टोली पुगेको छ ।

हत्या गरिएकामा ७४ वर्षीय बमबहादुर फियाक,३६ वर्षीया जस्मिता फियाक, २६ वर्षीया मनकुमारी फियाक, ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, नाम पहिचान नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् । मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको बताइएको छ ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।