ntc

सुमार्गीको कम्पनीलाई साढे ४ अर्ब कर तिर्न ताकेता

        #अजयराज सुमार्गी   |   134 Views   |   Published Date : 21st May 2019 |

जेठ ७,काठमाडौं। व्यापारी अजयराज सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले ७ वर्षअघि आफ्नो ७५ प्रतिशत सेयर बिक्री गर्दा सरकारलाई पुँजीगत लाभकर नबुझाएको भेटिएको छ। कम्पनीको सेयर साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडमार्फत स्विडेनको कम्पनी टेलिया सोनेरालाई बिक्री गरिएको थियो।

आन्तरिक राजस्व कार्यालय बानेश्वरले बैशाख दोस्रो सातादेखि करिब साढे ४ अर्ब पुँजीगत लाभकत तिर्न सुमार्गीको कम्पनीलाई तोकता गरिरहेको छ। राजस्व कार्यालयका अनुसार लामो समयसम्म नतिरेका कारण जरिवानासहित ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार पुँजीगत लाभकर निर्धारण गरिएको छ।

कान्तिपुरदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।