ntc

चीन भ्रमण छोट्याएर एक दिन अगावै फर्किइन् राष्ट्रपति विद्यादेवि भण्डारी (फोटो/भिडियो)

        #राष्ट्रपति #विद्यादेवि भण्डारी   |   218 Views   |   Published Date : 1st May 2019 |

बैशाख १८,काठमाडौँ। चीनको राजकीय भ्रमणमा गएकी राष्ट्रपति विद्यादेवि भण्डारी स्वदेश फर्किएकी छन्। राष्ट्रपति भण्डारी पूर्वनिर्धारित समयभन्दा एक दिन पहिल्यै स्वदेश फर्किएकी छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणमा चीनको दोश्रो बेल्ट एण्ड रोड फोरममा भाग लिन वैशाख ११ गते त्यसतर्फ गएकी भण्डारी बुधबार बिहान काठमाडौँ अवतरण गरेकी हुन्।

विमानस्थलमा उनलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सभामुख कृष्णबहादुर महरासहितका उच्च पदाधिकारी पुगेका थिए ।राष्ट्रपति भण्डारीले सोमबार चिनियाँ समकक्षी सी जिनपिङसँग औपचारिक भेटवार्ता गरेकी थिइन्। भ्रमणको पूर्वनिर्धारित कार्यक्रमअनुसार राष्टपति भण्डारी बिहीबार मात्र स्वदेश फर्किने कार्यक्रम थियो। राष्टपति भण्डारीको स्वास्थ्यमा समस्या देखिएपछि एक दिन अगावै उनी स्वदेश फर्किएकी हुन् ।

 

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।