ntc

नेकपाका ५३ जना नेतालाई दोहोरो जिम्मेवारी

        #नेकपा   |   112 Views   |   Published Date : 24th April 2019 |

बैशाख ११,काठमाडौं। नेकपाका ७७ जिल्ला अध्यक्ष र सचिव बनाइएका १५४ जना नेतामध्ये ५३ जनाले दोहोरो जिम्मेवारी पाएका छन्। केही नेताले भने तेहेरो जिम्मेवारी पाएका छन् । प्रतिनिधिसभाका ११, राष्ट्रियसभाका १, प्रदेशसभाका २४ र स्थानीय तहका जनप्रतिनिधि ७ गरी ४३ जना नेताले जिल्ला अध्यक्ष र सचिवको जिम्मेवारी पाएका छनु्। यस्तै विभिन्न तहका थप जनप्रतिनिनि केन्द्र र जिल्लाको भूमिका छन् ।

नेकपाले पार्टी केन्द्रीय समितिकै १६ नेतालाई जिल्ला कमिटिको अध्यक्ष र सचिवको जिम्मा दिएको छ। सात केन्द्रीय सदस्य जिल्ला कमिटी अध्यक्ष भएका छन् भने ९ जना सचिव भएका छन्। नेताहरुलाई दोहोरो जिम्मेवारी दिएपछि नेकपाभित्र असन्तुष्टि बढेको छ। यस्तै कतिपयको पदीय जिम्मेवारी त्यागेको छ।

अन्नपूर्णदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।