ntc

राष्ट्रपति भण्डारीद्वारा विप्लव निकटलाई पनि पदक

        #‘विप्लव #घनश्यामपाठक #प्रबल जनसेवाश्री पदक   |   31 Views   |   Published Date : 16th April 2019 |

बैशाख ३,काठमाडौँ। ध्वंसात्मक गतिविधिको आरोपमा सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह नेकपाका शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक प्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उनलाई पदक वितरण गरेकी हुन् । भण्डारीले आइतबार धेरै जनालाई पदक वितरण गरेकी थिइन्। प्रबल जनसेवाश्री पदक पाउने पाठक अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष हुन्। गत वर्षमात्र उनी अध्यक्ष भएका थिए । राजनीतिक दलनिकट शिक्षक संगठनका अध्यक्ष भए पनि पाठकले नेतृत्व गरेको स्कुल अध्ययनअध्यापनमा अब्बल छ ।

अन्नपूर्णपोस्टदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।