ntc

नेपालमा हवाई दुर्घटनाको शृङ्खला यस्तो छ

        #दुर्घटना #नेपालमाहवाईदुर्घटना   |   34 Views   |   Published Date : 15th April 2019 |

बैशाख २,काठमाडौं। वैशाख १ गते तदनुसार एप्रिल १४ मा सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकियो। यसरी दुर्घटना हुँदा समिटर एअरको सो विमानका सहचालक र विमानस्थलमा खटिएका दुई सुरक्षाकर्मीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। विमान कसरी चिप्लियो भन्ने स्पष्ट चाहिँ स्पष्ट छैन। विमान र हेलिकप्टरका चालकहरू भने घाइते भएका छन्।

नेपालमा सन् १९४९ मा पहिलो चोटि विमान अवतरण गरेको थियो। त्यसपछि विमान र हेलिकप्टरका दर्जनौँ ठूलासाना दुर्घटनामा सयौँ जनाको ज्यान गएको छ। कमजोर पूर्वाधार, प्रतिकूल मौसम र उडानसम्बन्धी निर्देशिकाको पूर्णरूपमा पालना हुन नसक्दा पटकटक हवाई दुर्घटना हुने गरेको बताइन्छ।

प्रस्तुत छ नेपालमा सन् २००६ देखि यता भएका ठूला हवाई दुर्घटनाको सूची

  • एप्रिल २०१९- सोलुखुम्बु जिल्लाको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुईवटा हेलिकप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु।
  • फेब्रुअरी २०१९ – एयर डाइनेस्टीको हेलिकप्टर ताप्लेजुङमा पाथीभरानजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान गयो।
  • सेप्टेम्बर २०१८ – गोर्खाबाट काठमाण्डू आउँदै गरेको एल्टिट्युड एयरको हेलिकप्टर धादिङ र नुवाकोटबीर रहेको एउटा जङ्गलमा दुर्घटनाग्रस्त भएको थियो। एक जापानी पर्यटक र अन्य पाँच जनाको मृत्यु भएको थियो।
  • मार्च २०१८ – बाङ्ग्लादेशबाट नेपाल आएको यूएस-बाङ्ग्ला एअरलाइन्सको को विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो। उक्त विमानमा सवारमध्ये ५१ जनाको ज्यान गएको थियो।
  • फेब्रुअरी २०१६ – पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटनाग्रस्त हुँदा २३ जनाको ज्यान गएको थियो।
  • मे २०१५ – भूकम्प पछिको राहत तथा उद्धारकार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरीकोटनजिकै दुर्घटनाग्रस्त भएको थियो। घटनामा छ अमेरिकी सैनिक, दुई नेपाली सेनाका अधिकारी र पाँच सर्वसाधारणको मृत्यु भएको थियो।
  • जुन २०१५: सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डसले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो।
  • मार्च २०१५ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुस्सुका कारण टर्किश एअरको विमान धावन मार्गबाट चिप्लिएको थियो। विमानमा रहेका यात्रुहरूलाई सकुशल उद्धार गरिएको थियो।
  • फेब्रुअरी २०१४ – पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटनाग्रस्त हुँदा १८ जनाले ज्यान गुमाएका थिए।
  • सेप्टेम्बर २०१२ – काठमाण्डूबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिकै दुर्घटनाग्रस्त भएको थियो। उक्त घटनामा विमानमा रहेका सबै १९ जनाको मृत्यु भएको थियो।थिए।
  • मे २०१२ – भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एअरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटनाग्रस्त भएको थियो। घटनामा १९ जनाले ज्यान गुमाएका थिए।
  • सेप्टेम्बर २०११ – हिमालको दृश्यावलोकनक अर्थात् माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा विमान काठमाण्डू नजिकै कोतडडाँडामा दुर्घटनामा परेको थियो। घटनामा नेपाली, भारतीय, र अन्य देशका नागरिकसहित १४ जनाको मृत्यु भएको थियो।
  • डिसेम्बर २०१० – लामीडाँडाबाट काठमाण्डू उडेको विमान ओखलढुङ्गामा दुर्घटनामा पर्दा १९ यात्री र चालकदलका तीन सदस्यले ज्यान गुमाएका थिए।
  • सेप्टेम्बर २०१० – हिमालको दृश्यावलोकनका लागि उडेको विमान काठमाण्डू नजिकैको दुर्घटनाग्रस्त भएको थियो।
  • अगस्ट २०१० – काठमाण्डूबाट लुक्ला तर्फ उडेको विमान दुर्घनामा पर्दा १४ जनाले ज्यान गुमाएका थिए।
  • अक्टोबर २००८ – लुक्ला विमानस्थलमा अवतरण गर्ने बेला दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो भने एक जना घाइते भएका थिए।
  • सेप्टेम्बर २००६ – सङ्खुवासभाको घुन्सामा श्री एअरको हेलिकप्टर दुर्घटनामा पर्दा २४ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, संरक्षणविद् डा. हर्क गुरुङ, डा. सीबी गुरुङ, तीर्थमान मास्के पनि थिए।

बीबीसीबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।