ntc

लुक्ला विमान दुर्घटना : को–पाइलट र पर्यटक प्रहरीको मृत्यु

        #लुक्ला विमानस्थलमा विमान दुर्घटना   |   54 Views   |   Published Date : 14th April 2019 |

बैशाख १,काठमाडौं। सोलुखुम्बुको लुक्ला विमानस्थलमा विमान दुर्घटना भएको छ। सगरमाथाको प्रवेशद्वार मानिने लुक्ला विमानस्थलमा समिट एअरको विमान मनाङ एअर र श्री एअरका हेलिकप्टरहरूमा ठोक्किएर दुर्घटना भएको हो।

लुक्ला प्रहरीकाका अनुसार घटनामा परेर पर्यटक प्रहरी लुक्लामा कार्यरय प्रहरी सहायक निरीक्षक राम बहादुर खड्का र समिट एयरको कोपाइलट एस. ढुंगानाको मृत्यु भएको छ। उडान गर्न लाग्दा विमान धावनमार्गबाट चिप्लिएर हेलिप्याडतिर गएको बताएएको छ।

अहिले उद्धाको काम भइरहेको छ। उडान भर्ने क्रममा विमान हेलिकप्टरसँग ठोक्किएपछि आगो लागेको थियो। हेलिकप्टरका पाइलट सिबी गुरुङको उद्धार गरिएको जनाइएको छ। दुर्घटनामा घाइते भएका चारजनालाई हेलिकप्टर मार्फत उद्धार गरि उपचारका लागि काठमाडौँको ल्याएको छ। अहिले सगरमाथा आरोहण र पदयात्राको सिजन भएकाले लुक्लामा विमानको चाप बढेको छ।

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।