ntc

ओली-दाहाल चन्द्रागिरि बास : वैशाख ९ गतेसम्म एकता टुंग्याउने समझदारी

        #केपी शर्मा ओली #पुष्पकमल दाहाल   |   110 Views   |   Published Date : 13th April 2019 |

चैत ३०,काठमाडौं। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले वैशाख ९ अगावै एकता टुंग्याउने समझदारी गरेका छन्। त्यसका लागि केही दिनभित्रै सचिवालय बैठक बोलाएर एकताको प्रस्ताव पेस गर्ने भएका छन्।

जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रियामा विवाद मिल्न नसकेपछि सकसमा परेका अध्यक्षद्वय चन्द्रागिरिमा एकान्त छलफल गरी नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन (वैशाख ९ गते) एकताको सन्देश दिने गरी काम सक्ने समझदारी गरेका हुन्। बिहीबार चन्द्रागिरि पुगेका ओली-दाहाल शुक्रबार दिउँसाे काठमाडाैं झरेका थिए।

कान्तिपुरदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।