ntc

ललितानिवास हिनामिना प्रकरण : भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङ सुशोभित हुँदै

        #मीनबहादुर गुरुङ   |   38 Views   |   Published Date : 13th April 2019 |

चैत ३०,काठमाडौं। बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरी छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ‘सुप्रबल जनसेवाश्री तृतीय’बाट सुशोभित हुने भएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को छानबिनमा रहेका गुरुङ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘सुप्रबल जनसेवाश्री तृतीय’ पदकबाट सुशोभित हुने छन्। यसपालि तीन सय ४३ जनाले विभिन्न पदक पाएका छन्। गुरुङसहित २ दर्जन बढी व्यापारी, भूमाफिया तथा कर्मचारी सरकारी ललितानिवासको १ सय १३ रोपनी ३ आना हिनामिना प्रकरणमा छानबिनमा छन्।

नागरिकदैनिकबाट

Loading...

Leave a comment

Your email address will not be published.


*


दर्ता नं. ९४/०७३-७४
ठेगाना: अनामनगर, काठमाडौं ।